
लुम्बिनी प्रदेश सरकार आन्तरीक मामिला मन्त्रालयले सन्चार माध्ययमसँग सम्झौता गरी अनुुदान विज्ञापन बापतको कार्यक्रम सन्चालन नगरको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराएका छन् ।
लुम्बिनी प्रदेश सभाको शुुक्रबारको बैठकमा बोल्दै जनमत पाटिका नेता चन्द्रकेश गुुप्ता (सिके)ले आन्तरिक मामिला मन्त्रालयको कारण मिडीया क्षेत्रको बजेट फ्रीज हुने खतरा बढेको भन्दै सरकारको ध्यानकर्षण गराएका हुन् । उनले भने, ‘साउनमै मिडियाहरुसँग सम्झौता गरेर सूचना तथा अनुुदान विज्ञापन कार्यक्रम सन्चालन गर्नुुपर्नेमा चैत्र सकिदा सम्म भएको छैन । यसले मिडीया क्षेत्रको ५० लाख बजेट फ्रीज हुने खतरा बढको छ । सरकारले तत्काल सूचना निकालेर सम्झौता गर्नुुपर्छ । ’

बैठकमा उनले सरकारलाई तत्तकाल सूचना निकाली सञ्चार माध्ययमहरुसँग सम्झौता गरि अनुुदान बापतको कार्यक्रमहरु टेलिभिजन, रेडियो, अनलाईन र पत्रिकामा प्रशारण तथा प्रकाशन गर्न गराउन माग गरेका छन् । लुम्बिनी प्रदेश सरकारले सन्चार माध्ययमसँग सम्बन्धीत कार्यक्रमहरु अहिले सम्म अगाडी बढाएको छैन । बिहिबार मात्रै राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष गोपाल ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधि मन्डलले मुख्यमन्त्री चेतनारयाण आचार्यलाई मुुख्यमन्त्री कार्यालयमा भेटि सरकारको ध्यानकर्षण गराएको थियो । सरकारले साउन महिनादेखि कार्यक्रम सन्चालन गर्नुुपर्नेमा चैत्र अन्तिम साता सम्म पनि सम्झौता गरेको छैन ।

















