
ब्रिज काेर्शकाे कक्षा सन्चालन गर्न सरकारले राेक लगाएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै ब्रिज काेर्शकाे नाममा विद्यार्थीहरुलाई मानसिक तनाब र दबाब दिने गरेकाे भन्दै आगमि बैशाख १ गतेदेखि त्यस्ता कार्यक्रम पुर्ण रुपमा राेक लगाउने बताएकाे छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षर गरि जारि गरिएकाे विज्ञप्तिमा भनिएकाे छ, “विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ। तसर्थ, विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट निर्णय भएकोले सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ ।”
विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नामका कार्यक्रमहरू सञ्चालन गर्दै कारबाहि गर्ने बताईएकाे छ ।
तयारि कक्षा वा ब्रिज काेर्श चलाए नचलाएकाे अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयहरूलाई दिएकाे समेत बताईएकाे छ ।

















