पौडेल वंश महासङ्घ सिद्धार्थनगरको भेला तथा परिचयात्मक कार्यक्रम  सम्पन्न

भैरहवा । पौडेल वंश महासङ्घ सिद्धार्थनगरको भेला तथा परिचयात्मक कार्यक्रम  सम्पन्न भएको छ । नगर क्षेत्रमा रहेका पौडेल वंशका बिच परिचय स्थापित गर्ने उद्देशका साथ भेलाको आयोजना गरिएको हो ।

कार्यक्रममा पौडेल वंश महासङ्घ रुपन्देहीका अध्यक्ष झविन्द्र पौडेलले बन्धुहरू बिचको आपसी सद्भाव एवं एकताको सन्देश पौडेल वंश महासङ्घले प्रवाह गरेको बताए । आफ्नो ऐतिहासिक पक्ष र कूलको कुरा बुझ्न जरुरी रहेको पौडेलले जनाए । 

कार्यक्रममा बोल्दै अग्रज उदयराम पौडेलले कोषको स्थापना गरी अघि बढ्नुपर्ने बताए । पौडेल बन्धुहरूलाई समस्या पर्दा सहयोग गर्न सक्ने गरी कोष बनाएर काम गरे संस्थाको प्रभावकारिता देखिने पौडेलले जनाए । 

सचिव पवन पौडेलको सञ्चालनमा भएको कार्यक्रम अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5