
रुपन्देही । सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको पूर्व सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विरोध जनाएकी छन् ।
शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले सदनमा पेश गरेको उक्त विधेयक पुनरावलकन गर्न जरुरी रहेको बताईन् । सरकारले राष्ट्रिय सभामा पेश गरेको विधेयक जस्ताको तस्तै पारित भए धेरै जना जेल जाने खतरा बढ्ने उनको भनाई छ ।

उनले भनिन, ‘सामाजिक सञ्जालमा लाईक कमेन्ट गर्दैमा जेल जाने, लाखौँ जरिवाना तिर्न पर्ने उल्लेख छ । त्यो पुनरावलकन हुनुपर्छ ।’
आफु सन्चार मन्त्री हुँदा उक्त विधेयक ड्राफ्ट गरेको भएता पनि अहिले धेरै थपघट गरी आएको बताउँदै उनले विधेयकमा संशोधन जरुरी रहेको बताईन् ।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ राष्ट्रिय सभामा गत माघ १५ गते दर्ता गरेको थियो । सामाजिक सञ्जाल विधेयक २०८१ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता गराएका थिए ।
सामाजिक सञ्जालको दुरुपयोग बढेकोले उक्त विधेयक ल्याएको सरकारको तर्क छ । विभिन्न देशमा कार्यालय भएका र नेपालमा दर्ता समेत नगरी सन्चालन भएका विभिन्न सामाजिक सञ्जालले प्रचलित कानून विपरित काम गर्दा कारबाही गर्न कठिनाई भएकोले विधेयक मार्फत नियमन गर्ने गरी ल्याएको सरकारी तर्क छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ता र विपक्षी दल एवंम तीनका नेताहरुले विधेयकलाई संशोधन गर्न जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जाल विधेयकमा के छ ?
सरकारले राष्ट्रिय सभामा दर्ता गरी छलफलको लागि पेश गरेको सामाजिक सञ्जाल विधेयक बढ्दो सामाजिक विकृति र अराजकतालाई नियन्त्रण गर्न जरुरी रहेको एकाथरीका मानिसहरुको टिप्पणी छ ।
अर्कोथरी मानिसहरु विधेयक जरुरी भएता पनि सामाजिक सञ्जालको पेज लाईक र कमेन्ट गरेकै भरमा लाखौँ जरिवाना र जेल जाने सम्मका दफा आउनु ठीक नभएको भन्दै संशोधनको माग गरिरहेका छन् ।
राष्ट्रिय सभामा प्रस्तुत सामाजिक सञ्जाल विधेयक २०८१




