आगामी ०८४ सम्म नेकपा माओवादी सरकारमा जादैनौँ

२०८४ साल सम्म नेकपा (माओवादी केन्द्र) सरकारमा नजाने पाटिका अध्यक्ष पुस्पकमल दाहाल प्रचन्डले बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचन्डले भने, ‘हाम्रो पाटि २०८४ सम्म सरकारमा जादैनौँ । मधेश जागरण अभियानको क्रममा जनताले हामीलाई त्यहि सन्देश दिनुभएको छ। ’


फागुन ११ गतेदेखि झापाबाट शुरु भएको तराई मधेश जागरण अभियानको क्रममा भैरहवा आईपुगेका उनले भने ‘ जागरण अभियानले सरकारमा ८४ सम्म नजाने दृढता पैदा भएको छ । ’
अध्यक्ष प्रचन्डले माओवादी सरकारमा गएर बाटो विराएको आफुलाई महसुस भएको समेत उनले बताए । उनले भने, ‘ हामिले अलिकति बाटो बिराएका रहेछौ अब ठिक बाटोमा हिड्न थालेका छौ । सरकारमा जाने , फेरि त्यो त्रुटि गर्ने पक्षमा छैनौ । “
उनले सरकार र देश नै विचौलियाहरुले चलाईरहेको बताउँदै जनताको समस्या अहिले पनि ज्यूँका त्यूँ रहेको पनि बताए । उनले मधेश जागरण अभियानको क्रममा जनताको धेरै नै माया पाएको समेत बताए । उनले भने, ‘हुलाकि मार्ग अभियानमा किसानका समस्या, सहिद वेपत्ता परिवारका समस्याबुझ्ने मौका पायौ । जनता धेरै पिडामा छन “

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5