
रुपन्देही, चैत १७ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले महिला सशक्तिकरणकाे लागि महिलाहरुलाई अार्थिक सशक्तीकरणमा पनि जाेड्नपर्ने बताइन् । “ नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधाशिला “ मुल नाराका साथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिवार भैरहवामा भएको लुम्बिनी प्रदेश स्तरिय महिला जनप्रतिनिधीहरुको अन्तरसंवाद कार्यक्रममा सो कुरा बताएकी हुन् ।
भण्डारीले समाजमा अहिले पनि विभिन्न कुरिति र विकृति रहेकाे बताउदै जनप्रतिनिधिहरुमा महिला भएकै कारण विभेद भईरहेको समेत बताइन् ।

कार्यक्रममा बोल्दै ।प्रतिनिधीसभा सदस्य मेनुका पोखरेलले अपमान र तिरस्कारका कुराहरुलाई पन्छाउदै अगाडी बढ्न जरुरी भएको बताइन् । महिलाहरु बिभाजित हुदा अधिकार बाट पनि बंचित हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले जानकारी दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक जमुना ढकाल, लोकतान्त्रिक समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक हेमा बेल्वासे केसी, कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीको स्वागतमा भएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख इस्तियाग अहमद खानले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधीसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका भुमि व्यवस्था तथा सहकारी मन्त्री भुमिश्वर ढकाल लगायतको सहभागिता रहेको थियो ।




