
लुम्बिनी विश्व समुदायको आकर्षकको केन्द्र बन्दै गएको छ। ऐतिहासीक, सास्कृतिक, पुरातात्वीक , धार्मिक विविधताले युक्त लुम्बिनीमा यतिबेला विभिन्न किसीमका गतिविधी भईरहेका छन् । यसैबीच चिनिया भाषाको म कहिल्यै नमरि जिउन चाहन्छु भन्ने चलचित्र लुम्बिनीमा निर्माण हुने भएको छ ।
उक्त चलचित्र निर्माणको एक प्रतिनिधि मन्डलले लुम्बिनी विकास कोषसँग छलफलगरी उक्त फिल्मको छायांकनकोलागि प्रक्रिया अगाडी बढाएको छ ।

संसारका धेरै जनसंख्या भएको मुलुक चिन र चिनिया भाषामा बन्ने फिल्मले लुम्बिनीको प्रचारमा थप टेवा दिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताएका छन् । छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दुतावास हुँदै लुम्बिनीमा छायांकनका लागि आउने बताए ।
उनले आफूहरुले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको बताउँदै त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको सुनाए । निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन सहितको टिम लुम्बिनी आएको थियो । उनीहरुले चिनबाट चलचित्र छायांकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताए । चिनियाँ कलाकारहरु यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने उनको पनि विश्वास छ ।




