सुरक्षा फौजले ‘होल अफ द नेशन’ लाई ध्यान दिनुपर्ने

साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दूूव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुुरक्षालाई संवेदनशील बनाउने तर्फ पनि सुरक्षा फौजको ध्यान आकृष्ट

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले सबै सुरक्षा निकायले होल अफ द नेशनको अवधारणा अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई ध्यान दिदैै सबैले होल अफ द नेशनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । सिंहदबारमा आज आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको दू्रत विकाससँगै नयाँ चुनौतिहरु पनि खडा भएको बताए ।

उनले साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दूूव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुुरक्षालाई संवेदनशील बनाउने तर्फ पनि सुरक्षा फौजको ध्यान आकृष्ट गराएका छन् ।
उनले सो अवसरमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्तिहरू देखा पर्न थालेको समेत बताए ।

प्रधानमन्त्री ओलिले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्तता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन पनि एक अर्काबीच सहकार्य जरुरी रहेको बताए । उनले भने ‘विभिन्न सुरक्षा निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको छ । राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’ को अवधारणा अनुसार काम गर्न आवश्यक छ ’

नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । उक्त भागको धारा २६६ को उपधारा ९१० मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ ।

विसं २०५८ साल फागुुन २७ गतेबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको स्थापना भएको थियो । सचिवालयले राष्ट्रिय सुरक्षा परिषद्को कार्यलाई सहजीकरण गर्ने, आवश्यक राय सुझाव दिने तथा सुरक्षा विश्लेषण प्रतिवेदन तयार गर्ने कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5