
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दशकौँदेखि जारी अमेरिकी विदेशनीतिलाई उल्टाउँदै रुससँग नजिकिन पुगेका पुगेका छन् । उनले युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौतासम्बन्धी प्रश्नमा पुटिनको पक्षमा लागेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसका कडा सर्त स्वीकार गर्न दबाव दिएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरी उसको केही भूभाग कब्जा गरेको अवस्थामा ट्रम्पले त्यस्तो दबाव दिएका हुन्। उनले आफ्ना युरोपेली सहयोगीहरूलाई पनि अमेरिकाले उनीहरूको रक्षाका लागि सहयोगको निरन्तरता दिने अपेक्षा नगर्न भनेका छन्।

बिबिसीका अनुसार सबै घटनाले पुटिनलाई सहयोग पुग्ने सङ्केतहरू दिइरहेका छन् भने के अमेरिकाले नयाँ कूटनीतिक रणनीति अपनाइरहेको छ कि भन्ने प्रश्न पनि उठाएको छ। के यो चीनबाट रुसलाई टाढा बनाउने प्रयासको ठूलो योजनाको एउटा हिस्सा हो? वा ट्रम्पका व्यवहार उनको व्यक्तिगत भावना र पुटिनसँगको निकटताको प्रतिफल मात्र हुन ? यी प्रश्नको जवाफ अनुत्तरीत रहेका छन् ।




