‘गत निर्वाचनमा ११ मतले पराजित मैले यसपटक सबैको साथले जित्छु’

विक्रम सम्बत २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग बाणिज्य संघमा यतिबेला चुनावी रौनकता छाएको छ ।

अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, बाणिज्य उपाध्यक्ष, कोषाध्यक्षसहित बहुसंख्यक पद निर्विरोध चयन भएतापनि उद्योग उपाध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ ।

उद्योग उपाध्यक्षमा हरि बहादुर थापा, यमकला न्यौपाने र दीपक पौडेल प्रतिस्पर्धीको रुपमा रहेका छन् । प्रतिस्पर्धीमध्येका एक सशक्त उम्मेदवार हरिबहादुर थापासँग नेपाल वर्डकर्मीले सोधेका चार प्रश्नोत्तर :

कहिले देखि व्यवसायमा क्रियाशील हुनुहुन्छ? 

नमस्कार, म हरि बहादुर थापा आगामी फागुन २४ गते हुन लागिरहेको उद्योग वाणिज्य सङ्घको निर्वाचनमा वाणिज्य तर्फ उपाध्यक्ष पदको उम्मेदवार हु । २०३८ सालमा स्थापना भएको विश्व ज्योति नाम गरेको शैक्षिक संस्थाबाट मैले २०५४ व्यवसायमा प्रवेश गरेको थिए ।

त्यस समयमा निजी विद्यालयहरू अत्यन्तै न्यून थिए । त्यसपछि क्रमशः २०६४ सालमा अटो मोबाइल्स क्षेत्रमा प्रवेश गरे, त्यसपछि मेरो व्यवसायी यात्रा झन् उकालो थाल्न लाग्यो त्यसपछि बजाज, एम जी, होटेल पौवा, हरि ओम अटो, साई ग्लोबल माध्यमिक विद्यालय लगायतका संस्थामा सक्रिय रहेको छ ।

तपाईँको उम्मेदवारी किन ? 

अहिले हामी सबैलाई थाहा छ । देशको अर्थतन्त्र खस्किरहेको समयमा देश जति मर्कामा छ त्यो भन्दा बढी व्यवसायीहरूको अवस्था नाजुक छ ।

मेरो प्रमुख एजेन्डा भनेकै उद्योगी व्यवसायीहरूको समस्यालाई निराकरण गर्ने र त्यो सँगै उपभोक्तासँग सुमधुर सम्बन्धमा बाँध्न समेत त्यो खालका कार्यक्रमहरूको पहल गर्ने योजना रहेको छ।

त्यो सँगै व्यवसायीहरूले भोग्दै आएको उच्च भाडा दर, कर, बैङ्कका ब्याजदर लगायत व्यवसायीहरूले भोग्दै आएको समस्याहरूको निराकरण नै प्रमुख प्राथमिकता रहने छन् ।

खुला सिमानाकाका कारण व्यवसायहरूले भोग्नु परेको पिडाबारे जानकार हुनुहुन्छ ?

खुला सिमानाका भएकै कारणले गर्दा बजार गर्न दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू सुनौली जाने गरेका छन् । त्यसले एकातर्फ स्थानीय व्यापारीहरूको मर्कामा परिरहेका छन् भने अर्को तर्फ नेपाल सरकारको ठुलो राजस्व गुमिरहेको अवस्था विद्यमान रहेको छ । त्यस कारणले गर्दा यो विषयमा समेत पहल गर्न मेरो प्रत्यक्ष भूमिका रहने छ ।

तपाईसँगै अन्य प्रतिस्पर्धी पनि हुनुहुन्छ तपाई नै उपयुक्त भन्ने किन लाग्छ?

गत निर्वाचनमा पनि म होमिएको थिए, त्यो समयमा मात्र ११ भोटले म पराजित हुन पुगे तर यो पटक उद्योगी साथीहरूको हौसलाले गर्दा नै उहाँहरूको प्रतिनिधित्व गर्ने गरी म यो पदमा होमिएको हुँ म व्यवसाय र सङ्घमा पनि सक्रिय छु अन्य प्रतिस्पर्धीहरूको तुलनामा त्यस कारण पनि त्यति मात्र होइन म सङ्घप्रति इमानदार छु ।

जित हार जे भए पनि म इमानदार र क्रियाशील नै रहने छु । म पुनः सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह अनुरोध गर्न चाहन्छु मलाई हजुरहरूको अमूल्य मत दिएर विजय गराउनुहोला ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5