चलचित्र पत्रकार संघमा नयाँ नेतृत्व चयन, सुधार र सक्रियताको अपेक्षा

चलचित्र पत्रकार संघको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै चलचित्र पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा र अपेक्षा थपिएको छ । नव–निर्वाचित कार्यसमितिले अबको कार्यकालमा संस्थागत सुदृढीकरण, पेशागत मर्यादा र पत्रकारिता क्षेत्रको समग्र विकासमा केन्द्रित हुने संकेत दिएको छ ।

महाधिवेशनबाट अध्यक्षमा समीर बलामी चयन भएका छन् । यस्तै उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य र उपाध्यक्ष (महिला) मा दिपज्योती थापा निर्वाचित भएका छन् ।

महासचिवको जिम्मेवारी गोपीकृष्ण चापागाईंले सम्हाल्ने भएका छन् भने सचिवमा मदन रिजाल र सचिव (समावेशी) मा महम्मद जलिम चयन भएका छन् । कोषाध्यक्षमा मनिष अञ्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं रहेका छन् ।

सदस्यहरूमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द चयन भएका छन् ।

नयाँ कार्यसमितिसामु चलचित्र पत्रकारितालाई अझ विश्वसनीय, जिम्मेवार र पेशागत बनाउन चुनौतीसँगै अवसर पनि रहेको छ । संस्थाभित्र एकता कायम गर्दै सिर्जनात्मक र परिणाममुखी काममार्फत चलचित्र क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5