
प्रतिनिधि सभाको सभामुख पदमा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डिपी) निर्विरोध निर्वाचित भएका छन् ।
अर्याल प्रतिनिधि सभाको सभामुख हुने दसौं व्याक्ति हुन् ।

सभाको अध्यक्षता गरेक सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।

सभामुखमा निर्वाचित भएको घोषणापछि सभामुख अर्याल छेउमै बसेका पाटी सभापति लामिछानेको अङ्गालोमा बाधिएका थिए । त्यस पछि अन्य सांसदहरुले बधाई ज्ञापन गरेका थिए ।
पाटी सभापति लामिछाने जेल पर्दा अर्यालले पाटी सम्हालेका थिए । रास्वपाको मेरुदण्ड जस्तै भएर पाटी स्थापना देखि हाल सम्म पाटीलाई संसदमा झण्डे दुई तिहाइ पुर्याउन अहोरात्र खटिएका अर्याल पाटीभित्र इमान्दार र नैतिकवान नेता भनेर चिनिन्छन् ।




