
रास्ट्रिय अखन्डता र जातिय स्वाभिमानकाेलागि क्षत्रि समाज नेपालले आफ्ना गतिविधिहरुलाई तिब्रता दिएकाे छ । वडा तहबाट अधिवेसन र प्रतिनिधि छनाैट गर्दै नया नेतृत्व चयन र पुनर्गठन कार्यलाई तिब्रता दिएकाे क्षत्रि समाजले भैरहवा स्थित सिद्धार्थनगर वडा नम्बर १२ मा पनि कमिटि पुनर्गठन गरेकाे छ ।
पनर्गठित समाजकाे अध्यक्षमा शेरजंगबहादुर बस्नेत चयन भएका छन् । डाडा गाउँ स्थित युनिक बैकक्वेटकाे हलमा समाजका नगर अध्यक्ष मिलन बस्नेतकाे प्रमुख आतिथ्यतामा समप्न वडा अधिवेसनले शेरजंग बस्नेतलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । बस्नेत यसअघि पनि अध्यक्ष रहि कार्य गरेका थिए ।

वडा स्तरिय उक्त कमिटिकाे बरिस्ठ उपाध्यक्षमा लाल बहादुर बस्नेत, उपाध्यक्षमा कल्पना थापा, सचिवमा रुपा थापा, काेषाध्यक्षमा बिना बिस्ट चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा अनिल थापा, राजु क्षेत्रि, अरुण पछाई, बिस्नु थापा, कृष्णकुमारि बस्नेत, लक्ष्मण खाति र नरेश के.सि चयन भएका छन् ।
वडा अधिवेशनले लक्ष्मण खाति, अरुण पछाई, बिस्नु थापा, कृष्णकुमारि बस्नेत र नरेश के सीलाई नगर प्रतिनिधिकाे रुपमा सिफारिश समेत गरेकाे नवनिर्वाचित सचिव रुपा थापाले बताईन् ।
अधिवेसन तथा भेलामा क्षत्रि समाजका नगर अध्यक्ष मिलन बस्नेतले रास्ट्रिय अखन्डता, सार्वभाैमिकता, जातिय स्वाभिमानता एवं सामाजिक एकताकाेलागि सबै क्षत्रि जाति एकताबद्ध हुनुपर्ने बताए । साे अवसरमा समाजका अध्यक्ष शेरजंग बस्नेतले “सबैकाेलागि सबै सकारात्मक साेच”का साथ एक भएर लाग्नुपर्नेमा जाेड दिए । भेलामा पुर्व बरिस्ठ उपाध्यक्ष बिस्नुबहादुर रिमालले एकता र सहकार्यले नै समाजलाई उन्नत दिशा तर्फ लैजाने बताए ।




