
नेपाल पत्रकार महासंघकाे ७१ ओै स्थापना दिवसकाे अवसरमा बुटवलमा फुटसल प्रतियाेगिता चलिरहेकाे छ ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकाे आयाेजनामा भएकाे खेलकाे उद्घाटन बुटवल उपमहानगर पालिका उपप्रमुख सावित्रा अर्यालले गरेकि थिईन् ।


प्रतियाेगिताकाे उद्घाटन गर्दै उपप्रमुख अर्यालले विभिन्न ब्यवसायिक संघसंस्थाबिच मैत्रिपुर्ण खेल आयाेजना गरेर महासंघले खेल मार्फत सामाजिक सद्भाव र सहकार्यलाई जाेड दिएकाे बताईन् ।

दोस्रो मिडिया तथा कर्पोरेट कप फुटसल प्रतियोगिता -२०८२ मा विभिन्न १७ वटा ब्यवसायिक संघसंस्था र ६ वटा सन्चारगृहहरुबिच प्रतिसपर्धा हुने भएकाे छ ।

फुटसल साेमबार र मंगलबार २ दिन बुटवलमा हुने भएकाेछ ।
साे अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पान्डेले खेलकुद मार्फत पत्रकार महासंघ रुपन्देहीले जिल्लाभरिका संघसंगठनबिच भाईचारा अभिवृद्धि गर्नेगरि गत बर्षदेखि फुटसल गरिरहेकाे बताए ।






