
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा चैत्र १६ र १७ गते बुुटवलमा फुुटसल प्रतियोगिता हुने भएको छ । बुुटवलको सुुख्खानगर नमुुनापथ स्थित एड्रिक फुटसल ग्राउन्डमा हुन गईरहेको दोस्रो मिडीया कप तथा दोस्रो कर्पोरेट फुुटसल प्रतियोगताको तयारी तिब्रतर रुपमा अगाडी बढिरहेको कार्यक्रम संयोजक समेत रहेका महासंघका सहसचिव सुमन श्रेष्ठले बताए ।
फुुटसलको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक श्रेष्ठले अहिले सम्म टिमको पनि उत्साबद्र्धक सहभागिता रहेको पनि बताए ।

नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा आयोजित फुुटसलमा कर्पोरेट तर्फको प्रतियोगितामा प्रथम पुुरस्कार ३० हजार, दोस्रो हुुनेलाई २० हजार नगद पुुरस्कार रकम राखिएकोछ । यसैगरी मिडीया कप तर्फ पहिलो हुुनेलाई २० हजार, दोस्रो हुुनेलाई १५ हजार पुुरस्कार रकम राखिएको छ ।
गत बर्षदेखि शुुरु भएको मिडीया कप तथा कर्पोरेट कपलाई निरन्तरता दिदै पत्रकारिताको तर्फबाट खेलकुुदमा योगदान दिनेगरी कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष दिनेश पान्डेले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष पान्डेले नेपाल पत्रकार महासंघ रुपन्देही जिल्लाभरीका सबै पत्रकारहरुको साझा संस्था भएकोले सरोकारवालाले सोहि अनुुसार बुुझिदिनुुपर्ने पनि बताए ।
७१ बर्षको लामो इतिहाँस बोकेको पत्रकार महासंघले पत्रकारिता आचार संहिता भित्र रहेर काम गर्ने पत्रकारहरुको हितको लागि सदैव लागिरहने पनि बताए ।
मिडीया कपमा रुपन्देहीमा रहेका सन्चार गृहहरुको टिम सहभागिता रहनेछन् भने यसैगरी कर्पोरेट तर्फ विभिन्न ब्यवसायीक संघ संगठनहरुको टिम सहभागि महासंघका सचिव सिपि खनालले बताए ।
महासंघले जुरी निर्णायकको रुपमा खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारीको संयोजकत्वमा सदस्यहरुमा यमलाल भुुसाल र स्वास्तीक श्रेष्ठलाई चयन गरेको महासंघको अतिरीक्त कृयाकलाप समितीका सदस्य दिनेश श्रेष्ठले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ड खेलाडी, सर्वोत्कृष्ठ गोलकर्ता , गोलरक्षक तथा कर्पोरेट तर्फ अनुुशासिन टिमलाई पनि पुरस्कृत गरिने भएको छ ।




