
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष र भैरहवाका एक जना व्यापारीलाई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले एक बर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले १ बर्ष कैद सजाय गर्ने फैसला गरेको हो। वडाध्यक्षसँगै भैरहवाको गणेश ट्रेडिङ’का सन्चालक विपिन कुमार पान्डेलाई पनि विशेष अदालतले एक वर्ष कैद र डेढ लाख जरिवानाको सजाय ठहर गरेको छ । बिशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेलेका अनुसार वडाको योजना सम्पन्न गरेकाे सिफारिश गर्ने क्रममा तीन लाख घुस लिदा लिदै वडाध्यक्ष यादव र व्यापारी पान्डे पक्राउ परेका थिए । सोही कान्डमा वडाध्यक्ष यादव र व्यापारी पान्डे भ्रष्टाचारी ठहर भएका छन्।
उनले व्यापारी विपिनकुमार पाण्डेयमार्फत घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गत २३ असारमा उनीहरूलाई घुस रकमसहित रंगेहात पक्राउ गरी मुद्दा चलाएको थियो।





