लुम्बिनीमा ध्यानः शान्तीको आह्वान (फोटो फिचर)

लुम्बिनी । चैत्र मासको पहिलो हप्ता पश्चिम तराईमा बढ्दै गएको गर्मीमा एकाबिहानै भिक्षु भिक्षुुणीहरुको साथमा विदेशी पाहुुनाहरुको चहल पहल थियो देखिन्थ्यो लुम्बिनीमा । शुुक्रबारको दिन एका बिहानै पवित्र उद्यान मायादेवी परिसर नजिकै रहेको पुुस्करणी पोखरी छेउको बोधि वृक्षको तल बिच्छाईएको काठ माथि स्वदेशी तथा विदेशी भिक्षुुहरु, उपासक उपासिकाहरु लहरै बसेका थिए ।
मायादेवी मन्दिर तर्फ सम्मुख बनाएर निर्माण गरिएको सानो तर चिटिक्कको मञ्चमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हाक्र्याल लामा, पूर्व मन्त्री समेत रहेका नेपाल ओलिम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक प्रमुख कल्पना हरिजन, चिनिया पाहुुनाहरु भिक्षु हुुई बेन र जिन सियादोङ थिए ।
दायाँ तर्फ नेपाल र चीनका विभिन्न संघसंस्थाका प्रमुख तथा पाहुना तथा आम सर्वसाधारण बसेका थिए । भने बायाँतर्फ चिनिया सञ्चारकर्मीको बाक्लो सहभागिता रहेको थियो ।
तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सवको अवसरमा बिहीबार साँझदेखि शुुरु भएको उक्त कार्यक्रमको दोस्रो दिनको पहिलो सत्रको रूपमा ध्यान कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमै गरिएको हो । उक्त कार्यक्रमको परिदृश्यले ६ वर्ष सम्म कठोर तपस्या गरेर बुद्धले प्राप्त गरेको सुख, खुसी र शान्तिको एक मात्र सूत्र ध्यानलाई आज संसारभरिका सम्पूर्ण मानवगतले अवलम्बन गर्न लालायित भएको देखिन्छ । राजकीय विभिन्न जिम्मेवारीमा रहेका होऊन वा भिक्षु जीवन अङ्गीकार गरेकाहरू होऊन अर्थात् आम नागरिक सबैको खुसी, सुख र शान्तिको लागि ध्यान नै महत्त्वपूर्ण देखिन्छ ।
नेपाल स्थित चिनिया राजदूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक कमिटीले संयुक्त रूपमा आयोजना गरेको ध्यान कार्यक्रम सम्पन्न भएको हो ।
तस्वीरः मनोज क्षेत्री

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5