
मर्चवार । ब्यस्त सहरको चौक चौकमा सिटि फुक्दै , हातबाट ईशारा गर्दै ट्राफिक ब्यवस्थापनमा खटिरहेको रुपन्देहीको ट्राफिक प्रहरी जिल्लाको गाउबस्तितिर पनि सचेतना फैलाउन थालेको छ ।
जिल्ला सदरमुकाम भैरहवाबाट नजिकै भएता पनि भौगोलिक हिसाबले ग्रामिण क्षेत्र रहेको मर्यादपुर गाउँमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा ट्राफिक सचेतना कार्यक्रम भएको हो ।
मर्यादपुरमा भएको ट्राफिक सचेतना कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।


साेमबार बिहान ८ बजेदेखि १० बजेसम्म मर्चवारकाे घाटिँकाे रुपमा रहेकाे मर्यादपुर चाैकमा ट्राफिक प्रहरी निरिक्षक प्रतिमा कार्किले ट्राफिक नियमकाे बारेमा चालकहरुलाई अनुशिक्षण दिएकि थिईन् । प्रहरि निरिक्षक कार्किलाई साथ दिदै ट्राफिक प्रहरि कार्यलयका असई अजय गुप्ताले स्थानिय भाेजपुरि भाषामा तिब्र गतिमा सवारि चलाउन नहुने, दुई पाङ्ग्रे सवारि चलाउँदा हेलमेटकाे प्रयाेग अनिवार्य गर्नुपर्ने, लेन अनुशासन पालना र ट्राफिक नियमकाे पालना गर्नुपर्ने विषयमा सहजिकरण गरेका थिए ।
दुईघन्टा सम्म सडकमा ओहाेरदाेहाेर गर्ने सवारि चालक र स्थानियकाे सहभागितामा भएकाे उक्त ट्राफिक सचेतना कार्यक्रम प्रभावकारि देखिएकाे स्थानिय बासिन्दा समेत रहेका मर्चवारका अग्रज पत्रकार राजकुमार धवलले बताए । उनले भने, ” यस्ता कार्यक्रम गाउगाउमा गरिरहनु पर्दछ । तर एकपटक मात्रै गरेर हुदैन । महिनामा कम्तिमा एकपटक जरुरि छ । “
मर्चवारका गाउगाउमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे सवारि साधनहरुकाे संख्या बढिरहेकाे बेला साेमबार मर्यादपुर चाैकमा भएकाे ट्राफिक सचेतनाकाे कार्यक्रम गाउँ -घर केन्द्रीकृत देखिएकाे भन्दै अग्रज पत्रकार धवलले खुसि ब्यक्त गरे ।
जिल्ला सदरमुकाम भैरहवामा मुख्य कार्यालय भएकाे जिल्ला ट्राफिक प्रहरिले अब ट्राफिक पाेस्ट नभएकाे गाउगाउमा सचेतना कार्यक्रम गर्नेगरि अगाडि बढेकाे ट्राफिक प्रहरी निरिक्षक कार्किले बताईन् । उनले भनिन, ” अब सहर बजारमा नियमित ड्युटि छदैछ , अब हामी सचेतना कार्यक्रम लिएर गाउगाउमा जादैछाै ।”




