बुटवलमा शुरु भयाे एमाले – रास्वपा द्वन्द !

रुपन्देहीमा निर्वाचनकाे बेलाकाे झगडाले राजनैतिक रुप ग्रहण गरेकाे छ । निर्वाचनकाे समयमा बुटवलमा एमाले र रास्वपाबिच भएकाे झगडा प्रहरी कहाँ पुगेकाे छ । प्रहरीले चुनाबि झगडालाई लिएर मान्छेहरु पक्राउ गर्न थालेपछि द्वन्द निम्तिन थालेकाेछ ।

बुटवल प्रहरीले एमालेका युवा नेता केशब राेक्कालाई पक्राउ गरेपछि युवा संघले त्यसकाे प्रतिवाद गर्ने भन्दै विज्ञप्ति जारि गरेकाे छ ।

युवा संघ रुपन्देही अध्यक्ष कृष्ण कुमालले हस्ताक्षर गरि जारि गरिएकाे विज्ञप्तिमा भनिएकाे छ, ” नेकपा एमाले रूपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा इन्चार्ज हाम्रो अभिभावक आदरणीय कमरेड केशव रोक्का राजनीतिक प्रतिशोध साध्ने नियतले प्रहरीले पक्राउ गरी हिरासतमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।यदि यस बिषयलाई राजनीतिक रुपमा प्रेरित गरी कुनैपनि व्यक्तिलाई फसाउने प्रयास गरिएको हो भने हाम्रो संगठन सशक्त प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छ । ”

यता ईलाका प्रहरी कार्यालय बुटवलका ईन्चार्ज डिएसपी निशान्त श्रीवास्तवले राेक्कालाई अभद्र ब्यबहारमा मुद्दा अगाडि बढेकाे बताए ।

गत फागुन २० गते निर्वाचनकाे माैन अवधिकाे समयमा बुटवलमा एमाले र रास्वपाका नेता कार्यकर्ताबीच हात हालाहाल भएकाे थियाे । उक्त घटनाकाे भिडियाे सार्वजनिक समेत भएकाे थियाे ।
याे घटनाले बुटवलमा एमाले र रास्वपाबिच द्वन्द शुरु भएकाे भन्दै धेरैले चिन्ता ब्यक्त गरेका छन् ।

यस्ताे छ युवासंघकाे विज्ञप्ति …

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5