टंकी बोकेर आयल सेन्टर पुगे स्थानीय, ग्यालेनमा पेट्रोल नदिने नियमले समस्या

अर्घाखाँची । अर्घाखाँचीको आयल सेन्टरमा मोटरसाइकलमा बाहेक खाली ग्यालेनमा पेट्रोल नदिने व्यवस्था लागू भएपछि एक स्थानीयले मोटरसाइकलको टंकी नै निकालेर तेल भर्न आयल सेन्टर पुगेका छन्।

सोमबार गाउँबाट आएका ती स्थानीयको मोटरसाइकल बीच बाटोमै बिग्रिएर पेट्रोल सकिएको अवस्थामा रहेपछि उनले टंकी नै बोकेर आयल सेन्टरसम्म पुग्नुपरेको बताइएको छ। आयल सेन्टरले खाली ग्यालेनमा पेट्रोल नदिने नियम लागू गरेपछि यस्तो अवस्था आएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार सवारीसाधन बिग्रिएर बाटोमै रोकिएका अवस्थामा ग्यालेनमा तेल नपाउँदा थप समस्या हुने गरेको छ। यस्तो अवस्थामा सेवा लिन असहज भएको भन्दै आवश्यक परे वैकल्पिक व्यवस्था मिलाउन स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5