राप्रपा समानुपातिक सांसदका लागि चार उम्मेदवारको नाम टुंगो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पाएको चार सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चार जनाको नाम तय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

राप्रपाले समावेशी समूहलाई समेट्दै समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको हो।

समानुपातिक सांसदका लागि सिफारिस हुनेमा भरत गिरी (खस आर्य पुरुष, महोत्तरी), ताहिर अली (मुस्लिम पुरुष, रुपन्देही), खुश्बु ओली (खस आर्य महिला, झापा) र सरस्वती लामा (जनजाति महिला, धादिङ) रहेका छन्।

राप्रपाले यी नामहरू निर्वाचन आयोगमा औपचारिक रूपमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5