सामाजिक सञ्जाल विधेयकको विरोध गर्नुपूर्व सत्यतथ्य चेक गर्नुस् : बस्नेत

दाङ । कुनै पनि पत्रकार विज्ञापनको पछि लाग्न नहुने प्रेस चौतारी केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताएका छन् ।

दाङको देउखुरीमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष बस्नेतले सुखी नेपाली समृद्ध नेपालको अभियानमा लाग्ने गरि प्रेस चौतारी आबद्ध पत्रकारहरू अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले विज्ञापनको पछि दौडिँदा पत्रकारिता हराउने पनि बताए ।

उनले सामाजिक सञ्जाल विधेयक २०८१ को विषयमा नेपाल पत्रकार महासंघका पदाधिकारीले गरेको टिप्पणी प्रति विमति जनाएका छन् । उनले महासंघका पदाधिकारीहरुले विधेयक तथ्यलाई अध्ययन गरी सोही अनुसार बोल्नुपर्ने बताए ।

उनले  पत्रकार महासंघमा जाँदैमा सत्य तथ्य बिर्सन नहुने बताए । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सकिएन भने त्यसले समाजका अराजकता बढाउने अध्यक्ष बस्नेतले तर्क गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक व्यावसायिक पत्रकारको हितमा रहेको बताए । एमाले स्थायी कमिटी सदस्य समेत रहेका गौतमले प्रेस चौतारीका सदस्यहरू समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री आचर्यले भने `पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको पनि बताए । मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईँ, एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाई, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, अग्रज पत्रकारहरू डिआर घिमिरे, मोहन चापागाईँ, शेर बहादुर के सी, शरद अधिकारी, विकास बन्जाडे, कुलमणि ज्ञवाली , प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, प्रदेश अध्यक्ष शाेभाखर पन्थी लगायतले पत्रकार हकहित, सरकारसँगको सम्बन्ध र सामाजिक सञ्जाल सम्बन्धी विधेयक माथि आफ्नो धारणा राखेको चौतारी प्रदेश महासचिव निरु गौतमले बताईन् ।

अधिवेशन उद्घाटन समारोहमा अग्रज पत्रकार इन्दिरा अर्याल (रुपन्देही ),   सुदर्शन रिजाल (दाङ) लवलिराम चाैरासिया (कपिलबस्तु) लाई प्रेस चौतारी लुम्बिनी प्रदेश सम्मान गरिएको थियो ।

सो अवसरमा प्रदेशका १२ जिल्ला मध्ये उत्कृष्ट जिल्लाकाे रुपमा पाल्पा जिल्लालाई पुरस्कृत गरिएको थियो । अधिवेशनको उद्घाटन समापन पछि सुचारु हुने बन्द सत्रले चौतारीको लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5