रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ विजयी

भैरहवा । रुपन्देही(४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।

जनता समाजवादी पार्टी नेपालका सर्वेन्द्र नाथ शुक्लाले ३४१० मत ल्याए । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले २०७७ मत ल्याए । नेपाल जनता पार्टीका जंग बहादुर यादवले २०७ मत ल्याए । नेकपाका बाबुलाल यादवले ४४० मत ल्याएका छन् ।

राप्रपाका अहमददिन मुसलमान ९२६ मत ल्याए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5