जेनजी मतादाताको एउटै स्वरः डाक्टर पाईलट भन्दा बासुमा जोड !

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतादाताहरुले एकै स्वरमा उम्मेदवार छनौटमा विवेक प्रयोग गर्ने बताएका छन् । उनीहरुले भाषण, लहड र भ्रमको पछि नलागी यथार्तको पछि लाग्दै विवेक प्रयोग गर्ने बताएका हुन् ।
तिलोत्तमा १४ का सीमा चौधरीले रुपन्देही ३ मा रहेका ३३ जना उम्मेदवारहरु मध्ये सबैभन्दा उपयुक्त उम्मेदवार बासुदेव घिमिरे भएको बताईन् । उनले भनिन, ‘बासु सरले तिलोत्तमाको नगरमा जसरी काम गरेर देखाउनुुभयो । त्यसैगरी सांसद भएर लुम्बिनी र एअरपोर्टको बारेमा बारम्बार कुुरा उठाउनुु भयो । यसैले हामीले त घिमिरेलाई मत दिने भएका छौ । ’
२१ बर्षिय चौधरी जस्तै भैरहवा गोलिगढकी २३ बर्षिय सुुनिता थापाले पनि डाक्टर , पाईलट भन्दा राजनीति बुुझेको व्यक्तिलाई मत दिने बताईन् । उनले थप प्रस्टाउँदै भनिन, ‘हाम्रो क्षेत्रमा डाक्टर पाईलट पनि उठ्नुुभएको छ । तर हामीले सांसद चाहिँ नेतालाई बनाउनुुपर्छ । ’
फर्साटिकरका २५ बर्षिय सविन खड्काले भिजन र मिसन प्रस्ट भएकोले बासुदेव घिमिरेलाई मतदान गर्नेगरी लागेको बताए । खड्काले अगाडी भने, ‘डाक्टरले अस्पताल चलाउने, पाईलटले जहाज उडाउने काममा पाको भएता पनि राजनीतिमा तुलनात्मक रुपमा बासु घिमिरे नै परिपक्क देखिएकोले हाम्रो केटाहरुको सबै टिम उहाँको पक्षमा छौ । ’
जेनजि विद्रोह मार्फत विशेष परिवेशमा हुुन गईरहेको फागुन २१ गतेको निर्वाचनलाई जेनजि उमेर समूहका युवा युवतिहरुले विवेकपुर्ण ढंगले उपयोग गर्ने जनाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5