भैरहवामा कांग्रेसको सचेतना र्‍याली, क्षेत्र नं. ३ मा चुनावी माहोल तातिँदै

नेपाली कांग्रेसले भैरहवामा सचेतनामूलक र्‍याली आयोजना गर्दै चुनावी गतिविधि तीव्र बनाएको छ। रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार शुसिल गुरुङको नेतृत्वमा सम्पन्न र्‍यालीमा नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

र्‍याली आवारोडबाट सुरु भई मिलनचोक, बैकरोड, देवकोटा चोक हुँदै विभिन्न चोक तथा मुख्य बजार क्षेत्र परिक्रमा गरी सम्पन्न भएको आयोजकले जनाएको छ। सहभागीहरूले पार्टीका झण्डा बोकेर सुशासन, विकास निर्माण, रोजगारी सिर्जना तथा नागरिक सचेतनाका पक्षमा नाराबाजी गरेका थिए। बजार क्षेत्रमा उपस्थित सर्वसाधारणले समेत र्‍याली अवलोकन गरेका थिए।

उम्मेदवार गुरुङले क्षेत्रको समग्र विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र युवाका लागि रोजगारी सिर्जनामा विशेष पहल गर्ने प्रतिबद्धता जनाए। उनले रुपन्देही–३ लाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उल्लेख गरे।

त्यसैगरी उनले निर्वाचन प्रक्रिया स्वच्छ, पारदर्शी र मर्यादित बनाउन सबै राजनीतिक दल, मतदाता तथा सरोकारवाला निकायलाई सहयोग गर्न आग्रह गरे। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन नागरिक सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5