रूपन्देही–३ मा घिमिरेको भावनात्मक अपील : ‘कामको निरन्तरताका लागि मत दिनुस्’

भैरहवा, १६ फागुन। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाता केन्द्रित कार्यक्रम र अपीलमार्फत आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय देखिएका छन्।

यसै सन्दर्भमा नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले मतदातासमक्ष भावनात्मक तथा विकासमुखी सन्देशसहितको पत्र सार्वजनिक गर्दै मतदानको आग्रह गरेका छन् ।

घरदैलो अभियानका क्रममा वितरण गरिएको उक्त पत्रमा उनले आगामी निर्वाचनलाई रूपन्देही–३ को विकास र समृद्धिलाई नयाँ गति दिने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन्।

घिमिरेले आफू पूर्व तिलोत्तमा नगरपालिकाका प्रमुख तथा संघीय सांसदको जिम्मेवारी सम्हालिसकेको अनुभवसहितको उम्मेदवार भएको उल्लेख गर्दै काममुखी राजनीति आफ्नो प्राथमिकता रहेको दाबी गरे ।

भाषणभन्दा परिणाममुखी काममा विश्वास गर्ने बताउँदै उहाँले विगतको अनुभव र कार्यसम्पादनका आधारमा क्षेत्रको समग्र विकासमा नयाँ आयाम थप्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5