न्युरो उपचारमा क्रिमसनको फड्को: अब डा. बसन्त पन्तको टोलीले रुपन्देहीमै गर्नेछ जटिल अपरेसन

रुपन्देही । लुम्बिनी प्रदेशका बासिन्दाले अब गम्भीर न्युरो (स्नायु) सम्बन्धी समस्याको उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। तिलोत्तमास्थित क्रिमसन अस्पताल र काठमाडौँको प्रसिद्ध अन्नपूर्ण न्युरो अस्पतालबीच विशेषज्ञ सेवा उपलब्ध गराउने सम्झौता भएसँगै यो सुविधा अब मणिग्राममै उपलब्ध भएको हो।

नेपालका वरिष्ठ तथा अग्रणी न्युरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले अब क्रिमसन अस्पतालमै आएर बिरामीको उपचार तथा शल्यक्रिया गर्नेछ। अन्नपूर्ण न्युरो अस्पतालका संस्थापक डा. पन्तका अनुसार यस क्षेत्रका बिरामीको सहजताका लागि आफ्नो टोलीले आवश्यकता अनुसार क्रिमसनमै उपलब्ध भएर सेवा दिनेछ। डा. पन्तसहितको विशेषज्ञ टोलीले गत बिहीबारदेखि नै क्रिमसन अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण सुरु गरिसकेको छ।

न्युरो समस्यासँग सम्बन्धित जटिल उपचारका लागि क्रिमसन अस्पतालमा मोडुलर अपरेसन थिएटर र न्युरो सर्जरीका लागि आवश्यक अत्याधुनिक ‘माइक्रोस्कोप’ लगायतका उपकरणहरू उपलब्ध छन्। अन्नपूर्ण न्युरो अस्पतालका चिकित्सकहरूले अब यहीँबाट बिरामीको गम्भीर परीक्षण तथा आवश्यकता अनुसारका जटिल शल्यक्रियाहरू सम्पन्न गर्नेछन्।

‘गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ २०६८ सालमा स्थापना भएको क्रिमसन अस्पताल पश्चिम नेपालकै अत्याधुनिक निजी अस्पतालमध्ये एक हो। २०७५ देखि स्तरोन्नति भई १०० बेडको क्षमतामा सञ्चालित यस अस्पतालमा हाल ४० जना विशेषज्ञ चिकित्सक र १५० भन्दा बढी अनुभवी नर्सिङ स्टाफ कार्यरत छन्।

अस्पतालमा न्युरो बाहेक हाडजोर्नी तथा नशा, मुटुरोग (एन्जियोप्लास्टी, एन्जियोग्राफी र पेसमेकर), युरो सर्जरी, मृगौला रोग, स्त्री रोग र बाल रोग लगायतका विभिन्न विधाका वरिष्ठ चिकित्सकहरूबाट सेवा प्रवाह भइरहेको छ। साथै, नेपाल सरकारको विपन्न कार्यक्रम अन्तर्गत मृगौलाको नि:शुल्क डायलासिस र मुटुका विभिन्न उपचार सेवाहरू समेत उपलब्ध छन्। भारतीय दूतावाससँगको सहकार्यमा भारतीय सेनाबाट अवकाश प्राप्त पूर्व सैनिक र उनीहरूका आश्रित परिवारका लागि (ECHS कार्यक्रम) मार्फत उपचारको विशेष व्यवस्था समेत यस अस्पतालले गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5