रास्वपाद्वारा भैरहवामा हुने भनिएको ‘परिवर्तन उद्घोष कार्यक्रम’ स्थगित

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीको भैरहवामा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित गरेको छ ।

फागुन ९ गते भैरहवामा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रमुख वक्ता र पार्टी सभापति रवि लामिछाने वरिष्ठ वक्ताका रूपमा सहभागी हुने कार्यक्रम तय भएको थियाे ।

पार्टीको संघीय निर्वाचन सम्पादन समिति २०८२ का संयोजक तथा पार्टी उपसभापति डोल प्रसाद अर्यालद्वारा जारी पत्रअनुसार, आगामी निर्वाचनको तयारी र आन्तरिक व्यवस्थापनका कारण कार्यक्रम स्थगित गरिएको हो ।

रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को पूर्वतयारीमा जुटिरहेका बेला सांगठनिक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने भएकाले यो निर्णय लिएको जनाएको छ । कार्यक्रम स्थगनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै पार्टीले सबैको सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5