रुपन्देही–३ मा प्रलाेपाकाे समर्थन एमालेका घिमिरेलाई

भैरहवा । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार रहेका बासुदेव घिमिरेलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने भएकाे छ । उक्त पाटीका नेता बामदेव क्षेत्रीले एमाले उमेदवार घिमिरेलाई सहयाेग गर्ने सहमति भएकाे बताए ।

आँखा चुनाब चिन्ह भएकाे उक्त पाटीका प्रत्यक्ष तर्फका उमेदवार गोबिन्द काराखेतिले अनुशासन उल्लङ्घन गरेकाले उनलाई कारबाही गर्दै पाटीले प्रत्यक्ष तर्फ रुपन्देही ३ मा एमालेका उमेदवार घिमिरेकाे चुनाब चिन्ह सूर्यमा मतदान गर्ने निर्णय गरेकाे क्षेत्रीले बताए ।

डा. बाबुराम भट्टराई संरक्षक रहेकाे उक्त पाटि काे समर्थन पाएसँगै घिमिरे थप बलियाे उमेदवार भएका छन् । यसअघि घिमिरेलाई महन्थ ठाकुर नेतृत्वमा रहेकाे जसपाका उमेदवार श्रीनिवास यादव र स्वतन्त्र उमेदवार माेमह मर्तुजाले पनि आफ्नाे उमेदवारि निष्क्रिय बनाई समर्थन गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5