कपिलवस्तुका विभिन्न स्थानमा विष्फोटक पदार्थ राख्ने मानिस पक्राउ

कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार जिल्लाको बुद्धभूमी नगरपालिका वडा नं. २ गोरुसिङे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड, महाराजगंज नगरपालिका वडा नं. २ बाणगंगा नदीको बर्गदी पुल नजिक तथा शिवराज नगरपालिका वडा नं. १ पूर्व–पश्चिम राजमार्गस्थित शिवपुर रेन्जर पोस्ट नजिक शंकास्पद वस्तु भेटिएको थियो।

विशेष सूचनाका आधारमा सार्वजनिक रूपमा प्रयोग हुने सडक, पुल तथा सर्वसाधारण आवतजावत गर्ने स्थानमा विष्फोटक पदार्थ राख्न नहुने कार्यमा संलग्न रहेको आरोपमा बाणगंगा नगरपालिका वडा नं. २ तिनैया बस्ने नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का साधारण सदस्य अन्दाजी ५८ वर्षीय शोभे थारु (उर्फ खोमे थारु) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त व्यक्तिलाई इलाका प्रहरी कार्यालय गोरुसिङे र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको संयुक्त टोलीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ बमोजिम विष्फोटक पदार्थ सम्बन्धी कसूर मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5