भानुु जयन्तीको अवसरमा भैरहवामा विशेष साहित्यिक कार्यक्रम आयोजना

कार्यक्रममा भानुभक्त आचार्यको जीवनीमाथि चर्चा, उनका काव्य कृतिको चर्चा गरिएको थियो ।
रुपन्देही, असार ३० । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती नेपाल र भारतको दार्जिलिङ र सिक्कीममा भव्यरुपमा मनाइएको छ । भानुु जयन्तीको अवसरमा भैरहवामा विशेष साहित्यिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।
सिद्धार्थ साहित्य परिषद्को आयोजनामा असार २९ गते बिहान ७ बजे भैरहवाको भानु स्कुलमा रहेको भानुको प्रतिमामा माल्यार्पण गरियो । परिषद्को आयोजना हुने कार्यक्रममा भानुभक्त आचार्यको जीवनीमाथि चर्चा, उनका काव्य कृतिको चर्चा गरिएको थियो । परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले संस्थाले हरेक वर्षको भानु जयन्ती मनाउँदै आएको बताए । भानुु जयन्तको अवसरमा विभिन्न क्षेत्रमा साहित्य मार्फत योगदान पुु¥याएका स्रष्टाहरुलाई सम्मान गरेको अध्यक्ष भट्टराईले बताए ।
प्राज्ञ बुदँ रानाले नेपालमा मुखले लोकचार गर्ने तर सदाचार नगरिएको बताउँदै सदाचार गर्ने बानीको विकास गर्नु पर्ने बताए ।
प्रा डा कपिल लामिछानेले भानुभक्त आचार्य नेपाली सहित्यको जग भएको बताए । लामिछानेले भानुभक्तको योगदानको कदर गर्दै राज्यले भानुजयन्ती भव्यताका साथ मनाउनुपर्ने जनाए ।
साहित्यकार विजय सागरले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेर देश बनाए जस्तै भानुभक्त आचार्यले नेपाली भाषाको एकिकरण गरि आम नेपालीहरुको बिच प्रचलनमा ल्याएको बताए । उनले भानुजयन्तीलाई राज्यले उत्सवको रुपमा मनाउनुपर्ने जनाए ।
भानु जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुय्राएका साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सिद्धार्थ साहित्य पुरस्कार २०८१ बाट हरिप्रसाद हरि भण्डारी, टेकबहादुर पन्थी स्मृति साहित्य पुरस्कार २०८१ बाट रुद्रप्रसाद ज्ञवाली र किष्णुमाया हटुवाल पुरस्कार २०८१ बाट देवीप्रसाद न्यौपानेलाई पुुरस्कृत गरिएको छ । सिद्धार्थ सम्मान २०८१ बाट सनत कुमार श्रेष्ठ, सावित्रा घिमिरे र पुनहरि बेल्बासेलाई सम्मान गरिएको छ । त्यस्तै संस्था तर्फ सिद्धार्थ सम्मानमा भानु मावि, पश्चिमाञ्चल मावि र न्यु इरा माविलाई प्रदान गरिएको थियो । भानु जयन्ती नेपाली भाषा र साहित्यप्रतिको सम्मान र जागरणको दिवसको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5