
सिद्धार्थनगर नगरपालिकाका सडक छेउ, पार्क र हरियाली क्षेत्रमा यतिबेला फुलेका रङ्गीचङ्गी फूलहरूले वातावरणलाई झनै मनमोहक बनाएका छन्। वसन्त ऋतुको आगमनसँगै प्राकृतिक सौन्दर्यले भरिएको यी दृष्यहरूले यात्रु र स्थानीयलाई आकर्षित गरिरहेका छन्। रंगीन फूलहरूको सुगन्ध र सौन्दर्यले शहरको सौन्दर्य मात्र बढाएको छैन, मनलाई पनि शान्त र प्रफुल्ल बनाइरहेको छ।
तस्विरः मनोज क्षेत्री



















