रानीगञ्जमा सुकुम्बासीको प्रदर्शन : ‘डोजर चलाए प्रतिकार गर्ने’ चेतावनी

वर्तमान सरकारले सुकुम्बासी बस्तिहरुमा डोजर चलाउन थालेपछि बुटवलमा सुकुम्बासी तथा भुमिहिनहरुले प्रदर्शन गरेका छन् । हजारौको संख्यामा बुटवल वडा नम्बर १७ रानीगञ्ज क्षेत्रका सुकुम्बासीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड सहित सरकारी कदमको विरोध गरेका छन् ।

सुकुम्बासीहरु मान्छे नै नभए झै सरकारले व्यवहार गरेको भन्दै उनिहरुले आक्रोश सहित विरोध गरेका छन् ।

रानीगञ्जका स्थानियहरुले छवि रास्कोटिको संयोजकत्वमा संघर्ष समिति नै गठन गरि सरकारी कदमको विरोध गरेका छन् ।

रानीगञ्ज क्षेत्रमा ३ हजार घरहरुमा १० हजार भन्दा बढि जनता सुकुम्बासी रहेका छन् ।

बुटवल नगर प्रमुख खेलराज पान्डेलाई ज्ञापनपत्र बुझाउदै रास्कोटिले ३ दशक भन्दा बढि समयदेखि बस्दै आएको बस्तिमा डोजर चलाउन खोजे प्रतिकार गर्ने बताए ।

ज्ञापनपत्र बुझिसकेपछि नगरप्रमुख पान्डेले रानीगञ्ज क्षेत्रको घरबासिन्दालाई संरक्षण गर्न बुटवल नगर प्रतिबद्ध रहेको बताए । प्रमुखले भने, बुटवल उपमहानगरले बस्तिमा डोजर चलाउदैन । तिनाउ खोलामा उद्योग चलाउन नसकिने र मोतिपुर ओैधोगिक क्षेत्रकोलागि २६० विगाह क्षेत्रफल पुग्ने भएकोले गएको बैशाख ३ गतेको निर्णय अनुसार काम गरिनेछ ।
उक्त कार्यक्रममा वडा सदस्य नहकुल शाहिले जनता भन्दा ठुलो अरु कोहि नहुने बताए । उनले जनताको घरबास उठाएर राज्य सन्चालन गर्न नसकिने बताए ।

रानीगञ्ज क्षेत्रमा मोतिपुर औधोगिक क्षेत्र बनाउनेगरी विगत देखि नै जग्गा अधिग्रहण प्रयास भएको हो । तर स्थानियहरुको विरोधको कारण उक्त कार्य रोकिएको थियो ।

बस्ती बचाउ संघर्ष समितिका सल्लाहकार टङ्क प्रसाद न्यौपानेले सरकारले रानिगन्जमा डोजर चलाए दशौ हजार जनता बिस्थापित हुने भएकोले सबैजना बाध्य भएर सरकारि कदमको विरुद्धमा उत्रिने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5