संस्कृति मन्त्री खडक राज पौडेलद्वारा मर्चवारीदेवी मन्दिरमा दर्शन, संरक्षण र विकासतर्फ संघको ध्यानाकर्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारस्थित ऐतिहासिक मर्चवारीदेवी मन्दिरको शनिबार दर्शन तथा पूजाआजा गरेका छन्।

मन्दिर परिसरमा पुगेका मन्त्री पौडेलले देवीको दर्शनसँगै स्थानीय धार्मिक तथा पर्यटकीय महत्वबारे जानकारी लिएका थिए। सो अवसरमा प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले मन्त्रीको आगमनले मन्दिरको संरक्षण र विकासतर्फ संघीय सरकारको ध्यानाकर्षण भएको बताए।

बनियाका अनुसार मर्चवारीदेवी मन्दिरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्ने माग उठेपछि मन्त्रालयले चासो देखाएको हो। यसले मन्दिरको संरचनागत सुधार तथा पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा निकै महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित मर्चवारीदेवी मन्दिरमा यसअघि पनि पूर्व राजा वीरेन्द्र शाह, पूर्व राजा ज्ञानेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तित्वहरूले दर्शन गर्दै आएका छन्। त्यस्तै संघीय र प्रदेश सरकारका विभिन्न मन्त्रीहरू पनि समय–समयमा यहाँ आउने गरेका छन्।

केही समयअघि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि मन्दिरमा दर्शन गरेका थिए। त्यसैगरी जनआन्दोलनका अगुवा तथा हालका सांसद पुर्सोत्तम यादवले समेत मन्दिरको दर्शन गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5