भैरहवा बहुमुखी क्याम्पसमा ‘रिसर्च पेपर राइटिङ तथा एसपिएसएस’ दुई दिने कार्यशाला सम्पन्न

भैरहवा बहुमुखी क्याम्पसमा दुई दिने ‘रिसर्च पेपर राइटिङ तथा एसपिएसएस’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत रहेको अनुसन्धान विभागले आयोजना गरेको उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरूको सहभागिता रहेको विद्यार्थी कल्याण प्रमुख उप–प्राध्यापक अरुणा तिवारी भुसालले जानकारी दिइन्।

सहभागी एमबीएसका विद्यार्थी राजेन्द्र राईले सिकेका ज्ञानलाई व्यवहारिक तथा खोजमूलक रूपमा प्रयोग गर्न सके भविष्यमा आर्टिकल प्रकाशन गर्न सहज हुने बताए।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख लक्की प्रसाद जोशीले क्याम्पसमा दक्ष र तालिमप्राप्त प्राध्यापकहरू रहेको उल्लेख गर्दै विद्यार्थीहरूले आवश्यक पर्दा जुनसुकै समयमा सहयोग पाउन सक्ने बताए। उनले विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रेरित गर्दै कार्यशालामा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे।

कार्यशालामा अनुसन्धानका चुनौती, शीर्षक छनोट, समस्या पहिचान लगायत १० वटा विषयमा प्रशिक्षण दिइएको कार्यशाला सञ्चालन समितिका संयोजक उप–प्राध्यापक प्रकाश भट्टराईले जानकारी दिए।

अनुसन्धान विभागका प्रमुख डा। सहदेव भट्टले आजको समाज अनुसन्धानमुखी बन्दै गएको बताउँदै कक्षा शिक्षालाई व्यवहारिक अभ्याससँग जोड्नुपर्नेमा जोड दिए। उनले आगामी जेठ ९ र १० गते व्यवस्थापन संकायका स्नातक तहका विद्यार्थीहरूका लागि पनि यस्तै कार्यक्रम आयोजना गरिने जानकारी दिए।

कार्यशालामा डा। मुक्ति पौडेल, डा। पिताम्बर तिवारी, उज्ज्वल अधिकारी, दिवाकर पाण्डे, डा। सहदेव भट्ट, धनेश्वर तिमिल्सिना लगायतले प्रशिक्षण दिँदै विद्यार्थीहरूलाई अनुसन्धान र आर्टिकल लेखनमा सक्रिय हुन प्रेरित गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5