बुुटवलमा डाक्टरको लाईसेन्स निलम्बन, २ क्लिनिक बन्द

नेपाल मेडिकल काउन्सीलबाट ३८७७ नम्बरको चिकित्सक अनुुमति प्राप्त गरेका डा. सतिषकुमार रुपाखेतिको अनुुमति पत्र तत्काललाई निलम्बन गरिएको छ ।

चिकित्सकीय सेवामा गम्भिर लापरबाहि गरेको भन्दै रुपन्देहीका एकजना चिकित्सकको अनुुमतिपत्र (लाइसेन्स) निलम्बन गरिएको छ । नेपाल मेडिकल काउन्सीलबाट ३८७७ नम्बरको चिकित्सक अनुुमति प्राप्त गरेका डा. सतिषकुमार रुपाखेतिको अनुुमति पत्र तत्काललाई निलम्बन गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलले बुुटवलमा गिता पाण्डेयको उपचारमा संलग्न भएका चिकित्सक डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गरि चिकित्सकीय सेवा प्रदान गर्नबाट रोक लगाएको छ ।

बैशाख ६ गते बुुटवलमा उपचारको क्रममा इन्दुु लेखा स्वास्थय क्लिनीकमा उपचारको क्रममा पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की २९ वर्षीया पाण्डेयको मृत्युु भएको थियो । गर्भवति अवस्थामा रहेकी पान्डेको उपचारमा डा. रूपाखेतीको लापरबाहि पुर्ण उपचारले ज्यान गएको देखिएपछि उनको लाइसेन्स निलम्बन गरिएको हो । उक्त घटना पछि मृतकका आफन्तले बुुटवलमा आन्दोलन समेत गरि खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दूलेखा स्वास्थय क्लिनीकमा शील – चाबी समेत लगाएका थिए । पान्डको मृत्युपछि मृतकका आफन्तहरुले बुुटवलमा सडक प्रदर्शन समेत गरेपछि प्रहरीले ३ क्लिनकीका चिकित्सकलाई पक्राउ गरेको छ ।

उक्त घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले डा. सम्राट पराजुलिको संयोजकत्वमा छानबनि समिती गठन गरेको थियो । सोहि छानबिन समितीले दिएको प्रतिवेदनको आधारमा मेडिकल काउन्सीलले डा. रुपाखेतिलाई निलम्बन गर्ने निर्णय गर्दै जोनल फार्मेसी र इन्दुुलेखा क्लिनीक पनि शील गर्ने निर्णय गरेको काउन्सीलका रजिस्ट्रार सतिषकुमार देवले पत्रकार सम्मेलनगरी जानकारी दिए ।

बुुटवलमा भएको पत्रकार सम्मेलनमा छानबिन समितीले दिएको २६ पृष्ठको प्रतिवेदनको बिस्तृत अध्ययन पश्चात काउन्सीलको पुर्ण बोर्ड बैठकले थप कारबाहि अगाडी बढाउने बताइएको छ

७२ घन्टा लगाएर तयार गरिएको उक्त प्रतिवेदनमा गिता पान्डे मृत्यु प्रकरणको सुुक्ष्म विश्लेषण गरिएको बुझिएकोछ । यद्यपी समितीले दिएको प्रतिवेदन काउन्सीलको पुर्ण बैठकले पारित गरेपछि सार्वजनिक गरिने बताइएको छ ।

मेडिकल काउन्सिलका केन्द्रीय सदस्य समेत रहेका छानबिन समितीका संयोजक डा. पराजुलीले पीडित, सेवा प्रदायक संस्था, चिकित्सक तथा सरोकारवालाहरुको बयान र स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले पश्चिम नेपालको स्वास्थय सेवाको गुणस्तरीयतामा महत्वपुर्ण दस्तावेज हुने बताए ।

डा. पराजुुलीको संयोजकत्वमा रहेको ६ सदस्यीय छानबिन समिति सदस्यमा प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, उच्च अदालत बुुटवल बारका अध्यक्ष समेत रहेका अधिवक्ता गोविन्दप्रसाद मरासिनी र नागरिक समाजका तर्फबाट पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे सदस्य रहेका थिए । सोहि समितीले दिएको प्रतिवेदनको आधारमा डा. रुपाखेतिको लाइसेन्स निलम्बन गरिएको हो भने क्लिनीकहरु बन्द गरिएको छ ।

पत्रकार सम्मेलनमा मेडिकल काउन्सीलका उपाध्यक्ष प्रा.डा. कुुन्जान शेर्पाले इथिकल कमिटीले विशेष चासोका साथ काम अगाडी बढाउने पनि बताए । उनले काउन्सीलले प्रतिवेदनलाई गहन अध्ययन गरी थप कारबाहि अगाडी बढाउने पनि बताए ।

रुपन्देहीमा अधिकांश मेडिकल तथा क्लिनीकहरुमा काउन्सीलमा दर्ता, नविकरण नभएका चिकित्सकहरुले अनाधिकृत रुपमा सेवा प्रवाह गर्दै आएको समाचार बारम्बार प्रकाशन पनि भईरहेका छन् ।यसै गरी केही क्लिनिकहरुले अवैध भ्रुण परिक्षण र गर्भपतन गराउदै आएको जनगुनासो रहेको छ । यसैबीच इन्दुलेखामा भएको अवैध गर्भपतन घटनाले मेडिकल हबको रुपमा विकास भईरहेको रुपन्देही जिल्लाको स्वास्थ्य सेवा प्रतिको विश्वासमा धक्का लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5