
अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली टिम ३३ स्वर्ण सहित प्रथम भएको छ । शुक्रबार र शनिबार रुपन्देहीको तिलोत्तमा स्थित बन्धुु स्र्पोटस हलमा जापान गोजिरियो डो मिसन संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुुत गर्दै प्रथम हुन सफल भएका हुन् ।
नेपाली खेलाडीहरुले विभिन्न तौल तथा उमेर समूहमा भुुटान र भारतका प्रतियोगिहरुलाई पराजित गर्दै ३३ स्वर्ण पदक जितेको नेपाली टिमका अफिसीयल सल्लाहकार बसन्त रोक्का क्षेत्रीले बताए । उनले भने, ‘नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहयो । सधै जस्तै नेपाली खेलाडीले उत्कृष्टता प्र्रस्तुुत गर्दै प्रथम स्थान हासिल गरेका छन् । ’

प्रतियोगितामा नेपालले ३३ स्वर्ण, भुुटानले ७ स्वर्ण र भारतले ६ स्वर्ण पदक जितेको आयोजक संस्था जापान गोजिरियो डो मिसन संघ नेपालका संस्थापक काजि रानाले बताएका छन् ।
नेपाली करातेका मुुख्य प्रशिक्षक समेत रहेका रानाले विदेशी खेलाडीहरुको प्रदर्शन पनि प्रशंसनीय रहेको बताए । उनले भने, ‘स्थानिय सरकार, प्रदेश सरकारले सहकार्य गरेमा आगामी बर्ष अझै धेरै देशको सहभागितामा खेल आयोजना गर्न सकिने बताए ।
कार्यक्रममा करातेका प्रमुख सल्लाहकार भरत बहादुर के.सीले बुुद्धकालिन खेलको रुपमा रहेको कराते खेल मार्फत विश्वमा शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्न नेपालले अग्रहणी भूमिका खेल्ने बताए ।
शुुक्रबार र शनिबार सम्पन्न पाचौ एमजिके अन्तराष्ट्रिय च्याम्पीयनसीप प्रतियोगितामा नेपाल, भारत र भुटानकाका गरी २५० जना खेलाडीको सहभागीता रहेको थिए ।
अन्तराष्ट्रीय प्रतीयोगीतामा सब जुनीयर दश बर्ष भित्रका खेलाडी केडस अर्थात ११ देखी १४ बर्ष सम्म तथा १५ देखी १७ बर्ष सम्मका जुनीयर तथा १८ बर्ष माथीका सिनीयर गल्स तथा ब्वायज दुबै समुहमा काताको समेत प्रतीयोगीता भएको छ ।
खेलको निष्पक्षताका लागी भारत तथा नेपालबाट रेफ्रीहरु माधब घिमीरे उमेश थापा,प्रेम राना लगायत बिभीन्न डोजोका प्रशिक्षकहरुले सहजीकरण गरेक थिए ।
प्रतियोगिताको समापन अवसरमा तिलोत्तमा नगरपालिकाका प्रतिनिधी, कराते महासंघका प्रमुख सल्लाहकार तथा विभिन्न डोजोका प्रशिक्षक तथा भारत, भुुटान र नेपालका विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई समेत सम्मान तथा पुुरस्कृत गरिएको थियो ।

















