सेयर बजारमा त्रास फैलाउन खोजिएको: नआत्तिन अर्थमन्त्री वाग्लेको आग्रह

स्वर्णिम वाग्लेले सेयर बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन्।

आर्थिक पत्रकार समाज ९सेजन०का पदाधिकारीसँगको भेटमा उनले सरकारले लगानीकर्तालाई लक्षित गरेर कुनै कारबाही नगर्ने स्पष्ट पारे। “अनैतिक गतिविधिमा संलग्नलाई मात्र कानुनअनुसार कारबाही हुन्छ,” उनले भने।

उनका अनुसार नेपालको सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जाने व्यवस्था तथा स्पष्ट कर प्रणालीका कारण बजार विश्वसनीय बनेको उनले बताए।

अर्थमन्त्री वाग्लेले इन्साइडर ट्रेडिङ, बजार म्यानिपुलेसनलगायतका गतिविधि भएमा कानुनअनुसार कारबाही हुने बताए। तर यस्ता घटनालाई आधार बनाएर समग्र बजारमा आतंक फैलाउनु उचित नभएको उनको भनाइ थियो।

उनले लगानीकर्तालाई प्यानिक हुन आवश्यक नरहेको उल्लेख गर्दै नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरी सुधार प्रक्रिया अघि बढाइने जानकारी दिए।

वाग्लेले भविष्यमा सेयर बजारमा सकारात्मक अवस्था आउने विश्वास व्यक्त गरे। साथै, हाल सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनु रहेको बताए।

सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधका विषयमा भइरहेको अनुसन्धान प्रमाणका आधारमा अघि बढाइएको उल्लेख गर्दै उनले कुनै व्यक्ति वा संस्थालाई लक्षित गरेर कारबाही गर्ने उद्देश्य नरहेको स्पष्ट पारे।

“हामी खुला बजार अर्थतन्त्रमा विश्वास गर्छौं, तर त्यो छाडा अर्थतन्त्र होइन,” उनले भने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5