बालश्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लुम्बिनी सांस्कृतिक नगरपालिकामा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आईतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग को आयोजनामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा बसोबास गर्ने अल्पसंख्यक नटवा समुदायको उत्थान र पहिचानका लागि राज्यले ठोस कदम चाल्न नसक्दा यो समुदाय अझै पनि मौलिक पेशा र आधुनिक जीवनशैलीमा रहको बताईन।
उनले नगरपालिकाले यस समुदायका बालबालिकालाई निःशुल्क शिक्षा र युवाहरूलाई क्षमता अनुसारको रोजगारी दिने प्रतिबद्धता समेत व्यक्त गरिन ।

कार्यक्रममा बालश्रम न्यूनीकरण, बालअधिकार संरक्षण तथा बालमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले बालश्रम अन्त्यका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

सहभागीहरूले बालश्रम मुक्त समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, अनुगमन प्रणाली सुदृढीकरण र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रमले बालश्रम विरुद्धको अभियानलाई थप सशक्त बनाउँदै स्थानीय स्तरमा नीति कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5