
भैरहवा । देशमा राजनीतिक तनाव बढिरहेका बेला भैरहवामा शान्तिको सन्देश फैलाउँदै भव्य धम्मयात्रा सम्पन्न भएको छ।
विश्व शान्तिको कामनासहित आयोजित धम्मयात्रामा करिब ५ सय भिक्षुहरूको सहभागिता रहेको थियो। विभिन्न स्थानबाट आएका भिक्षुहरूले शान्ति, सद्भाव र सहिष्णुताको सन्देश फैलाउँदै नगर परिक्रमा गरेका थिए।

यो धम्मयात्रा गौतम बुद्ध ले बोधिज्ञान प्राप्त गरेपछि २० हजार भिक्षुसहित कपिलवस्तु फर्कँदा प्रयोग गरिएको ऐतिहासिक मार्गको स्मरणमा विगत तीन वर्षदेखि आयोजना हुँदै आएको हो।
समापन कार्यक्रममा तुलाराम घर्तिमगर ले बुद्धले धर्मचक्र प्रवर्तनमार्फत दिएको शान्तिको सन्देश आजको समाजका लागि अझ सान्दर्भिक रहेको बताए।
त्यसैगरी ईस्तियाक अहमद खान ले समाजमा शान्ति र सद्भाव कायम गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
धम्मकाय फाउन्डेसन को संयोजनमा आयोजित धम्मयात्रामा थाई भिक्षुहरू तथा थाइल्याण्ड बाट आएका अतिथिहरूको पनि उल्लेखनीय सहभागिता रहेको आयोजक प्रविन शाक्यले जानकारी दिए।
तस्विरः मनोज क्षेत्री





