रातिको समयमा झिलिमिली बनेको लुम्बिनी गेट (फोटो फिचर)

सिद्धार्थनगरस्थित लुम्बिनी गेट रातिको समयमा झिलिमिली बत्तीले सजिँदा अझ आकर्षक देखिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशको मुख्य द्वारका रूपमा निर्माण गरिएको यो गेट अहिले पर्यटक र स्थानीयका लागि फोटो खिच्ने प्रमुख स्थल बनेको छ।

बहुरङ्गी बत्तीले सजिएको गेटले शहरको सौन्दर्य बढाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ। गेटमुनि गुडिरहेका सवारी साधन र वरपरको शहरी दृश्यले भैरहवाको आधुनिक विकासलाई समेत झल्काउँछ।

स्थानीयका अनुसार साँझपख यहाँ घुम्न आउने, फोटो खिच्ने तथा भिडियो बनाउनेको संख्या बढ्दो छ। लुम्बिनी जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो गेट स्वागतद्वारका रूपमा स्थापित हुँदै गएको छ।

तस्विरः मनोज क्षेत्री

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5