लुम्बिनीमा सम्पन्न भयो चौथो शान्ति म्याराथन

फुल म्याराथनको उपाधि रोकायालाई, हाफ म्याराथनको उपाधि पुर्ण लक्ष्मीलाई

विश्वभर शान्तिको सन्देश प्रवाह गर्नेगरी बुुद्ध जन्मस्थल लुम्बिनीमा चौथो शान्ति म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । फुुल म्याराथनको उपाधि विनोद रोकायले जितेका छन् । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पुरा गरेका थिए । त्रिभुुवन आर्मि क्लबको जर्सि नम्बर ५१४ भएका रोकायले शनिबार बिहान लुम्बिनी सम्पन्न भएको फुल म्याराथन तर्फको उपाधि जितेका थिए ।

नेपाल ओलिम्पिक कमिटीको आयोजना तथा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपाल स्थित चिनिया राजदुताबास, लुम्बिनी सास्कृतिक नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा त्रिभुुवन आर्मि क्लबका शुसील कुमार शाहि दोस्रो भएका हुन् । उनले निर्धारित दुरी २ घन्टा १८ मिनेट १६ सेकेन्डमा पुरा गरेका थिए । यसैगरी तेस्रो पनि आर्मिकै नरेन्द्र सिंह राउत भएका छन् ।

म्याराथनमा चिनिया धावक वाङ ची चौथो भएका छन् । उनले निर्धारित दुरी २ घन्टा २१ मिनेट ५ सेकेन्डमा पुरा गरेका थिए । यसैगरी पाचौँ स्थान केन्याका धावक जुलियस मुुुरेयुका वाहम भएका थिए  । उनले निर्धारित दुरी २ घन्टा २३ मिनेटमा पुरा गरेका थिए ।

यसैगरी प्रतियोगितामा २१ किलोमिटरको हाफ म्याराथनमा पहिलो स्थान त्रिभुुवन आर्मिकै पुर्ण लक्ष्मी न्यौपाने भएकी छन् । उनले निर्धारित दुरी १ घन्टा १७ मिनेट १० सेकेन्डमा पुरा गरेकी थिइन । यसैगरी दोस्रो स्थान धादिङको स्थानिय सन्तोषी श्रेष्ठ भएकी छन् । उनले निर्धारित दुरी १ घन्टा १८ मिनेट ४० सेकेन्डमा पुरा गरेकी थिईन् । यसैगरी तेस्रो स्थान त्रिभुुवन आर्मिको निशा सार्किले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा पुरा गरेकी थिइन । यसैगरी हाफ म्याराथनमा चौथो स्थान आर्मिकै सुनसरी रोकाया भएकी छन । उनले निर्धारित दुुरी १ घन्टा २१ मिनेट ४६ सेकेन्डमा पुरा गरेकी थिइन । यसैगरी पाचौ स्थान चिनिया नागरिक रुवान चियाङ भएका छन् । उनले निर्धारित दुरी १ घन्टा २२ मिनेट ३८ सेकेन्डमा पुरा गरेकी थिइन ।

प्रतियोगिताका प्रथम हुनेलाई ३ लाख ५० हजार, दोस्रो हुुनेलाई २ लाख ५० हजार, तेस्रो हुुनेलाई १ लाख ५० हजार प्रदान गरिएको थियो ।

सो अवसरमा चिनिया राजदुत चाङ माओमिङ, नेपाल ओलिम्पीक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, उपाध्यक्ष दावा गुुरुङ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यबाहक प्रमुख कल्पना हरिजन लगायतले ५ किलोमिटरको दुरीमा वाक थ्रो गरेका थिए । मौसमि प्रतिकुलताको कारण शनिबार बिहानैदेखि लुम्बिनी क्षेत्रमा पानि परेको भएता पनि आधा घन्टा ढिला गरि बिहान ७ बजेदेखि तेस्रो शान्ति म्यारथन प्रतियोगिता शुुरु भएको थियो । नेपाल ओलिम्पिक कमिटीले सन् २०२२ देखि लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएकोछ । लुम्बिनीमा आयोजित म्याराथनमा फुुल म्याराथन ४२ किलोमिटर, २१ किलोमिटरको हाफ म्याराथन र ५ किलोमिटरको मिनी म्याराथन समेत आयोजना गरिएको हो ।

प्रतियोगिका विजता तथा उपविजेताहरुलाई ओलिम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल स्थित चिनिया राजदुत चाङ माओमिङ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सास्कृतिक नगरका कावा प्रमुख कल्पना हरिजनले पुरस्कार रकम, शील, प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा चीन, केन्या, भारत, नेपाल लगायतका धावकहरु सहभागि रहेका थिए । बुुद्धकालिन सभ्यतासँग ऐतिहासीक सम्बन्ध रहेको खेल मार्फत विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने उद्धेश्यले विगतका वर्षदेखि गर्दै शान्ति म्याराथन गर्दै आएको आयोजक संस्था नेपाल ओलिम्पीक कमिटीका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘म्याराथन मार्फत विश्वभरीका धावकहरु सहभागि गराई विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ । ’

दर्किदै गरेको पानिको समेत प्रवाह नगरी लुम्बिनी स्थित केन्द्रिय नहर छेउमा धावकहरुलाई हौसला प्रदान गर्न स्वयं वाक थ्रोमा सहभागि भएका नेपालका लागि चिनिया राजदुुत चाङ माओमिङले बुुद्धको शान्तिको सन्देश प्रवाह गर्नेगरी आयोजित शान्ति म्याराथनमा सहभागिता जनाउँदा पाउँदा खुसी लागेको बताए ।

विश्वभरीका धावहरुलाई बुुद्ध जन्मस्थल लुम्बिनीमा सहभागि गराई शान्ति म्यारथन प्रतियोगिता गर्दा लुम्बिनीको आध्यात्मीक पर्यटनको महत्वलाई प्रबद्र्धन गर्ने विश्वास लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले गरेका छन् ।

बुुद्धकालिन सभ्यता र बुुद्ध बचनलाई खेलाडी मार्फत संसारभरी पुराउन सकारात्मक सहयोग गर्ने नेपाल ओलिम्पीक कमिटीका उपाध्यक्ष दावा गुुरुङले बताए ।

तस्वीरहरु: मनोज क्षेत्री, विजय यादव

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5