
ढकमक्क फूलले सजिँदै सिद्धार्थनगर: सडक बन्यो पर्यटकीय आकर्षण (फोटो फिचर)

सिद्धार्थनगर नगरपालिका अन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग अहिले निकै आकर्षक देखिएको छ। सडकको बीच भागमा रहेका डिभाइडरु मा रोपिएका विभिन्न जातका फुलहरु ढकमक्क फुलेपछि सडक यात्रा गर्ने यात्रु र स्थानीय बासिन्दाका लागि यो दृश्य मनमोहक बनेको छ।
नगरपालिकाले ‘ग्रीन सिटी’ को अवधारणा अनुरुप सडक सौन्दर्यीकरणका लागि विभिन्न प्रजातिका फूल र बिरुवाहरू रोपेको थियो। अहिले ती फूलहरू फुल्न थालेसँगै भैरहवाको मुख्य सडक खण्डमा नयाँ रौनक थपिएको छ।
सडकको धुलो र कोलाहलका बीच यी रंगिन फूलहरूले बटुवाहरूको मन लोभ्याइरहेका छन्। सडकको हरियालीले नगरको तापक्रम सन्तुलनमा राख्न र प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने मुख्य नाका भएकाले पनि यो सडकको सौन्दर्यले पर्यटकहरूमा सकारात्मक प्रभाव पारेको छ।
तस्वीरः सरस्वती क्षेत्री





