
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पठाउने ५७ सांसदको नाम टुंगो लगाएको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नामावली तय गरेको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिए।

उनका अनुसार समानुपातिक क्लस्टरअनुसार खासआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम चयन गरिएको छ।
रास्वपाले उक्त नामावली आजै निर्वाचन आयोग मा बुझाउने जनाएको छ।
यद्यपि कुन क्लस्टरबाट को–को परे भन्ने विवरण भने पार्टीले सार्वजनिक गरेको छैन। आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्रै सूची सार्वजनिक हुने प्रवक्ता झाले बताएका छन्।




