समानुपातिक सांसद चयनका लागि रास्वपा सचिवालय बैठक

काठमाडौं । आगामी सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ।

बैठकमा पार्टीका सभापति रवि लामिछाने भने भौतिक रूपमा उपस्थित छैनन्। स्वास्थ्य समस्याका कारण उनी घरबाटै भर्चुअल माध्यममार्फत बैठकमा जोडिएको जनाइएको छ। यस्तै बरिष्ठ नेता बालेन्द्र शाह पनि बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकले समानुपातिकतर्फका सांसदहरूको नाम चयन गर्ने विषयमा छलफल गरिरहेको छ।

हाल बैठक जारी रहेको र आवश्यक निर्णयहरू छिट्टै सार्वजनिक गरिने पार्टी स्रोतले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5