एमालेको समानुपातिक सूचीमा पुरानै अनुहार, पार्टीभित्रै असन्तुष्टि

रूपन्देही, फागुन

प्रत्यक्ष तर्फ शर्मनाक हार ब्यहाेरेकाे नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ मतादाताकाे भावना विपरित सासदकाे नाम सिफारिश गरेकाे छ । फागुन २१ गतेकाे निर्वाचनमा आम मतादाताले पाटिका नेताहरुकाे जिम्मेवारी परिवर्तन गर्न दिएकाे अभिमत बिरुद्ध साे पाटिले समानुपातिक सासदकाे रुपमा बारम्बार अवसर पाईका नेताहरुकाे नाम सिफारिश गरेकाे हाे ।
पार्टीले खस आर्य (महिला) तर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको) लाई सिफारिस गरेको छ भने खस आर्य (पुरुष) तर्फ गुरु प्रसाद बराल र पुष्पराज कँडेलको नाम पठाएको छ। त्यस्तै जनजाति (महिला) तर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा जनजाति (पुरुष) तर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।

एमालेले थारु (पुरुष) तर्फ कृपाराम राना, दलित (महिला) तर्फ विष्णुमाया बी.के. र नीता घटानी, मधेसी (महिला) तर्फ रिडुना यादव र यशोधा कुमारी यादवलाई सूचीमा समेटेको छ। यसैगरी मधेसी (पुरुष) तर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम (महिला) तर्फ साजिद सिद्दीकीको नाम पनि समानुपातिक सांसदका रूपमा सिफारिस गरिएको छ।

सिफारिश गरिएका नामहरु एमालेबाट बारम्बार विभिन्न अवसर लिने भित्र पर्दछन । साे पाटिकाे समानुपातिक सुचिमा पद्मा अर्याल, रामबहादुर थापा बादल अटाउँदा  मुश्लिम कलस्टरमा रहेका एजाज आलम भने अटाउन सकेनन ।

एमालेले गरेकाे सिफारिश प्रति उक्त पाटिका नेता कार्यकताले सार्वजनिक रुपमा असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5