बुद्ध लाईट स्कुलका १०० विद्यार्थीलाई स्कुल ब्याग वितरण

लुम्बिनी क्षेत्रको खुनगाईमा रहेको बुद्ध लाईट स्कुल मा अध्ययनरत १०० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ। बुधबार आयोजित कार्यक्रममा सिंगापुरमा रहेका सहयोगी तथा दानी दाताहरूको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई स्कुल ब्याग प्रदान गरिएको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उपस्थितिमा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीसहित स्कुल ब्याग हस्तान्तरण गरिएको थियो। सहयोगले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई पढाइमा थप हौसला मिल्ने विश्वास गरिएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन पक्षले सिंगापुरका सहयोगी दाताहरूको सहयोगप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने बताएको छ। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न सहयोग तथा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले पनि यस्ता सहयोगले आफ्ना बालबालिकालाई अध्ययनमा थप प्रेरणा मिल्ने भन्दै दाताप्रति धन्यवाद व्यक्त गरेका थिए। विद्यालयका विद्यार्थीहरूले नयाँ स्कुल ब्याग पाउँदा निकै उत्साहित देखिएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5