पोखराका पूर्व मेयर कृष्ण थापाको हृदयघातबाट निधन

पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कास्की क्षेत्र नम्बर को समीक्षा बैठक सकिएपछि कुर्चीमा बसिरहेका बेला थापालाई अचानक हृदयघात भएको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।

उनका अनुसार हृदयघात हुनासाथ थापालाई तत्काल पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

२०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा थापा पोखराको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालमा उनी गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने २०७८ सालको स्थानीय निर्वाचनमा पुनः पोखरा महानगरपालिकाको मेयर पदका प्रत्यासी बनेका थिए।

नेकपा एमाले कास्की इन्चार्ज तथा केन्द्रीय सदस्यसमेत रहेका थापालाई यसपटक प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर बाट टिकट दिइएको थियो। तर पछि उक्त टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिइएपछि उनी असन्तुष्ट बनेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5