रुपन्देहीमा ६ लाखभन्दा बढीका अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका करिब ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाएको जनाएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट निम्नानुसारका सामान बरामद भएका छन्–

ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब १ लाख २४ हजार रुपैयाँ बराबरको २० क्विन्टल काँचो केरा।

शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट करिब २७ हजार रुपैयाँ बराबरको १८० जोर लेडिज चप्पल।

मायादेबी गाउँपालिका–६ खल्बटबाट करिब ७२ हजार ५०० रुपैयाँ बराबरका एल्बो सकेट, मोबिल, कुरकुरे र सर्फ।

देवदह नगरपालिका–४ केरवानीबाट मोटरसाइकलमा ल्याइँदै गरेको करिब १ लाख २२ हजार रुपैयाँ बराबरको १३० किलो बोइलर कुखुरा ।

रोहिणी गाउँपालिका–३ लखनौटियाबाट करिब २२ हजार १०० रुपैयाँ बराबरका तेल, बिस्कुट, स्प्राइट, सलाई तथा अन्य किराना सामग्री।

कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १ लाख ११ हजार ६०० रुपैयाँ बराबरका बिस्कुट, चिनी र मैदा।

सिद्धार्थनगर नगरपालिका–३ बुद्धकालोनीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरका बेबी सेट, बेबी भेस्ट र फलामका चेनसहितका कपडा।

प्रहरीले भन्सार छली गरी ल्याइने अवैध सामान नियन्त्रणका लागि जिल्लाका विभिन्न नाकामा नियमित चेकजाँच कडा पारिएको जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5