“इमान्दारिताको राजनीति र क्षेत्र नम्बर १ को समृद्धिका लागि मेरो संकल्प”

आसन्न फागुन २१ गतेको निर्वाचनको लागि विभिन्न दलका उम्मेदवारहरु विभिन्न चुनाबी कार्यक्रम लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले विकासे एजेन्डादेखि , सामाजिक कार्यक्रम पनि साथै लिएर जनतासँग प्रतिबद्धता गरिरहेका छन् । यसै परिवेशमा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरूसँग नेपाल वर्ड डटकमले ५ प्रश्न निर्वाचन विशेष स्तम्भ प्रकाशन गरिरहेकोछ । निर्वाचन विशेषको सो स्तम्भको लागि रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रज्वल बोहोरा सँग हाम्रा सहकर्मी अस्मिता अधिकारी र मनोज क्षेत्रीले गरेको कुराकानीको सम्पादित अंशः

१) स्वागत छ तपाईंलाई कार्यक्रममा। आज तपाईं घरदैलो कार्यक्रममा हुनुहुन्छ, मतदाताबाट के–कस्ता प्रतिक्रिया पाउनुभएको छ?

नमस्कार सबैलाई। अहिले यो चुनावी दौरानमा हामीले घरदैलो गर्दै गर्दा खेरि हामीले एकदमै सकारात्मक किसिमको चाहिँ एउटा चाहिँ जनताहरुबाट चाहिँ हामी प्रति चाहिँ सकारात्मक हिसाबले एउटा उमङ्गको हिसाबले चाहिँ हामीलाई चाहिँ उहाँहरुले चाहिँ एक किसिमको स्वागत गरिराख्नु भएको छ। जुन किसिमको एउटा सहयोगको चाहिँ एउटा चाहिँ प्रतिबद्धताहरु जनाइराख्नु भएको छ, साह्रै नै उत्साहजनक चाहिँ हामीलाई चाहिँ महसुस भइरहेको छ।

अब यो उत्साहजनक हुनुको कारण चाहिँ मलाई लाग्छ, अब मेरो बुवा स्वर्गीय दीपक बोहोरा ज्यूले जुन यस क्षेत्रमा उहाँले एउटा लामो एउटा राजनीतिक इतिहासमा उहाँले ठूलो योगदानहरु गर्नुभएको थियो। यस क्षेत्रको जनताको लागि, धेरै जनताको विकासको लागि, यो क्षेत्र विकासको लागि उहाँले जुन किसिमको योगदान दिनुभएको छ, त्यो प्रति प्रतिफल स्वरुप चाहिँ म चाहिँ एउटा चाहिँ उम्मेदवारको रुपमा यो क्षेत्रमा पुग्दै गर्दा खेरि त्यस क्षेत्रका जनताहरुले एउटा जुन किसिमको चाहिँ मलाई चाहिँ एउटा स्नेह, माया, ममता र सद्भाव देखाइरहेको छ, त्यो साह्रै नै अचम्म अचम्मको मलाई चाहिँ अनुभव भइरहेको छ र साह्रै नै म गर्व छु कि मेरो बुवाले जुन किसिमको यस क्षेत्रमा गर्नुभएको चाहिँ एउटा इमान्दारिता जुन देखाउनुभएको छ, त्यसको प्रतिफल आज मैले एकदमै सकारात्मक रेस्पोन्स पाइराखेको छु।

२) घरदैलो गर्ने क्रममा मतदाता माझ जादा यो क्षेत्रको विकासका के कस्ता एजेन्डाहरु लिएर उहाँहरु सामु प्रस्तुत हुनुभएको छ?

अब यो क्षेत्र नम्बर १ मा म खास पहिला त्यति सारो हिँडेको थिएन। किनभने म क्षेत्र नम्बर ३ मै केन्द्रित थिएँ किनभने मेरो बुवाले क्षेत्र नम्बर ३ बाटै चुनाव जित्नुभएको थियो। र क्षेत्र नम्बर १ मा जाँदै गर्दा खेरी त्यस क्षेत्रका बाटोघाटोको समस्याहरु र स्कूलको स्तर, गुणस्तरका कुराहरु भयो। त्यसमा खानेपानीको अझै पनि अभाव छ विभिन्न ठाउँहरुमा, ठूलो(ठूलो नगरपालिका नै भित्र के, जस्तै अब तिलोत्तमा नगरपालिका भित्र पनि धेरै ठाउँहरुमा खानेपानी, स्वच्छ खानेपानीको अभाव छ। त्यसैगरी ओमसतिया भयो, त्यसपछि देवदह नगरपालिकामा पनि यो किसिमको समस्याहरु छ। स्वास्थ्यमा पनि अझै पनि समस्या छ, कुनै पनि सुविधा सम्पन्न सरकारी हस्पिटलको अभाव छ क्षेत्र नम्बर १ मा, उत्तरी र दक्षिणी भेगमा। अनि त्यसैगरी किन अब चाहिँ एउटा चाहिँ यो शिक्षामा चाहिँ तपाईँको डिग्री कलेज छैन, न उत्तर छ न दक्षिण छ। र तपाईँको अझै पनि किसानहरुको समस्या छ, धेरै ठाउँमा सिंचाईहरुको अझै पनि आवश्यकता छ। अब मल खादको त अब देश भरिको समस्या यो हामी सबैलाई नै थाहा भएको कुराहरु हो। र युवाको रोजगारीको कुराहरु छ। धेरै समस्या नै समस्या छ।

र यसो हेर्दा खेरी के छ भने यो धेरै समस्याहरु चाहिँ एउटा चाहिँ राम्रो प्रतिनिधित्व यदि हिजोको दिनमा गरेको भए, एउटा चाहिँ जनता प्रति इमान्दारिता देखाएको भए मलाई लाग्छ धेरै कुराहरु चाहिँ समस्याहरुको चाहिँ समाधान गर्न मिल्थ्यो। अब अहिले पनि त्यो क्षेत्रमा जाँदै गर्दा खेरी हिजोका दिनमा दीपक बोहोरा ज्यूले जुन गरेका योगदान, जुन गरेका विकास निर्माणका कामहरु, त्यो अझै पनि जनताहरुले त्यसलाई चाहिँ स्मरण गरेर चाहिँ त्यो दीपक बोहोरा ज्यूलाई स्मरण गर्ने एउटा चाहिँ वातावरण छ। १८ वर्ष भइसक्यो दीपक बोहोरा ज्यूले चाहिँ यस क्षेत्रबाट चाहिँ उम्मेदवारी गरिरहेको। १८ वर्षमा झण्डै ६ जना तपाईँको सांसदको चाहिँ त्यस क्षेत्रबाट चाहिँ प्रतिनिधित्व गर्दै चाहिँ उहाँहरु जानुभएको छ। र यसो विचार गर्दा खेरी चाहिँ त्यहाँ चाहिँ इमान्दारिताको कमी देखिएको हुनाले चाहिँ अहिले हामी त्यहाँ पुग्दा खेरी एउटा चाहिँ विश्वास चाहिँ जनताहरुले जुन एउटा चाहिँ राखिराखेका छन्, एउटा आशा चाहिँ एउटा होप हुन्छ नि, एउटा जनतामा त्यो होप पलाएको छ।

३) त्यसैगरी अहिले जेन्जी र युवा पुस्ताहरु यो राजनीतिक दल र नेताहरुबाट अलिकति निराश भएको अवस्था पनि छ। उहाँहरुलाई हजुरले कसरी आश्वस्त पार्नुहुन्छ त?

अब हिजोको दिनमा फागुन २३, २४ गतेको जुन जेन्(जी आन्दोलन भयो, अब त्यस पश्चात चाहिँ एउटा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारले चाहिँ अब चाहिँ यो फागुन २१ गते चुनाव गर्ने भनेर संसद विघटन गरेपछि यो चाहिँ चुनावको घोषणा गर्यो। तर के छ भने असली माग जुन चाहिँ अहिले चाहिँ जुन किसिमको चाहिँ देशलाई निकास चाहिने, त्यो कुरा चाहिँ यो अन्तरिम सरकारले चाहिँ परिपूर्ति नगरेको चाहिँ जेन्(जीलाई मात्रै होइन कि हामी सबैलाई चाहिँ यसबाट चाहिँ एउटा अनुभव छ।

अब के छ भने जुन व्यवस्थाले चाहिँ समस्याहरु दिइराखेका थिए, जुन चाहिँ अब चाहिँ एउटा चाहिँ नेपालमा इतिहास बोकेका चाहिँ राजसंस्था हामीले जुन खोजिरहेका छौँ एउटा अभिभावकीय रुपमा, एउटा जुन चाहिँ एउटा पहिचानको लागि हिन्दु राष्ट्रको कुराहरु, एउटा संघीयता जुन एउटा नेपाललाई चाहिँ आर्थिक हिसाबले जुन एउटा चाहिँ तल, एकदम तल लगिरहेको स्थिति, यो यो सबैलाई चाहिँ यो अन्तरिम सरकारले यो जेन्(जी आन्दोलनको मर्म अनुसार चाहिँ यसमा चाहिँ उहाँहरुले जस्तै अब संविधान संशोधन गरेर संघीयता खारेज गर्नुपर्ने र तपाईँको चाहिँ संवैधानिक राजसंस्थाको पनि कुरा त्यहाँ राख्नुपर्ने थियो, हिन्दु राष्ट्र। जति पनि जुन माग लिएर चाहिँ हिजोको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघ संस्थाहरु चाहिँ सडकमा आन्दोलन गर्दै गरेका थियौँ, ती तिनको माग साथसाथै जेन्(जी भाईहरुको मागलाई पनि सम्बोधन गर्नुपर्ने, त्यो तर त्यो भएन। र त्यो भएको हुनाले चाहिँ अहिले जेन्(जी युवा मात्रै नभईकन जेन्(जी पुस्ता मात्रै नभईकन हामी सबै चाहिँ अहिले यो अन्तरिम सरकारले गरेको चाहिँ यो जुन किसिमको चाहिँ जबर्जस्ती यो चाहिँ फागुन २१ मा चुनाव गराउन लागेकोमा हामी सबै दुखी छौँ। किनभने यो ८४ को चुनाव ८२ मा गर्नको लागि यो ठूलो आन्दोलन भएको थिएन। त्यो आन्दोलनको मर्म नबुझेको देख्दा खेरी चाहिँ हामी सबै त्यसबाट दुखी छौँ।

र हामी के भन्न चाहन्छौँ भने जेन्(जीले उठाएका माग राष्ट्रिय प्रजातन्त्र पार्टीको मागसँग धेरै मिल्छ। त्यस भएको हुनाले जेन्(जी पुस्तालाई हामी के भन्छौँ भने यो इलेक्सन अब हामी प्रजातान्त्रिक पार्टी भएको हुनाले इलेक्सनमा हामी सहभागी गर्नै पर्ने भयो। तर हामी के भन्छौँ भने जेन्(जीहरुले उठाएका माग र अहिले अब देशैले उठाएको मागलाई चाहिँ हामी चाहिँ सम्बोधन गर्छौँ र त्यसलाई चाहिँ हामी चाहिँ अगाडिको दिनहरुमा हामीले चाहिँ त्यसलाई हामी पूर्ण गर्छौँ भन्न चाहन्छु।

४) यो क्षेत्रमा उम्मेदवारहरुको ताँती छ । यहाँको मुख्य प्रतिस्पर्धी चाहिँ यहाँले कसलाई लिनुहुन्छ त?

अब राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार मलाई चाहिँ किन मतदान गर्ने भन्ने कुरामा के छ भने हामीले एउटा चाहिँ लामो पृष्ठभूमि लिएर आएको व्यक्तिहरु साथ या भनौँ राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ। अब हिजोको मेरो बुवा स्वर्गीय दीपक बोहोरा ज्यूले जुन किसिमको योगदान यस क्षेत्रमा दिनुभएको छ, जुन किसिमको इमान्दारिता देखाउनुभएको छ, जुन किसिमको आम जनताको लागि उहाँले चाहिँ आवाज बनेर चाहिँ आम जनताको सम्बोधन गर्नुभएको छ, एउटा सिपाहीको रुपमा उहाँले चाहिँ यस क्षेत्रको चाहिँ एउटा रक्षा गर्नुभयो, विकास गर्नुभयो, हैनरु त्यो गर्नुभएका त्यो पृष्ठभूमि लिएर, त्यो इतिहास बोकेर हामी आएका छौँ। र म व्यक्तिगत हिसाबमा चाहिँ मेरो बुवाको इतिहासलाई मैले कायम गर्न आएको हूँ, त्यसलाई संरक्षण गर्न आएको हूँ, त्यसलाई चाहिँ म अगाडि बढाउनको आएको हूँ।

भनेपछि हामीले ल्याउने, ल्याएका चाहिँ जनताको माझमा इमान्दारिताको राजनीति हामीले लिएर आएका छौँ। त्यो इमान्दारिताको राजनीति के छ भने हाम्रो इतिहास हेरेर त्यसमा चाहिँ विश्वास गर्ने सबै एउटा ब्राण्डको हिसाबमा चाहिँ हामी आएको हुनाले हामीले किनभने अब पटक(पटक यस क्षेत्रमा मैले भनिहालेँ ६ जना नयाँ सांसद जानुभयो, अब ६ जना सांसदहरुले चाहिँ केही गर्न नसकेको जनताहरुमा एउटा राजनीतिक पार्टी प्रति वितृष्णा छ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार हुँदै जाँदा खेरी जुन किसिमको उत्साह, जुन किसिमको उहाँहरुले चाहिँ फूलमाला गाँसेर ल्याउनुहुन्छ, जुन एउटा फूल टिपेर ल्याएर चाहिँ उहाँले चाहिँ एउटा हामीलाई स्वागत गर्नुहुन्छ, त्यसले के देखाइराछ भने चाहिँ हाम्रो इमान्दारिता प्रति, हाम्रो एउटा चाहिँ इतिहास प्रति जनताहरुले चाहिँ त्यसलाई त्यसमा एउटा ठूलो आशा र अपेक्षा र भरोसा राखेको देखिन्छ।

र मेरो प्रतिस्पर्धी को भन्ने म नाम भन्न चाहन्न। अब त्यो चुनावको बेला थाहा हुन्छ। अब धेरै पार्टीहरु छन्। अब मुख्य अहिले तपाईँको प्रतिस्पर्धा भनेको ठूला(ठूला पार्टी।

५) मतदान गर्ने समय पनि नजिकिँदै छ। अन्त्यमा चाहिँ मतदातालाई के भन्न चाहनुहुन्छ?

म मतदाताहरु सम्पूर्णलाई के भन्न चाहन्छु भने तपाईँको मत साह्रै नै अमूल्य छ। र त्यो मतदान गर्नु भन्दा पहिला तपाईँले के गर्नु पर्यो भने तपाईँहरुलाई म के आग्रह गर्न चाहन्छु भने यो जति पनि उम्मेदवारहरु छन्, उम्मेदवारहरुको बारेमा बुझ्नुहोस्, उहाँहरुको पृष्ठभूमि बुझ्नुहोस्, उहाँहरुको इतिहास बुझ्नुहोस् र हिजोका दिनमा उहाँले के गर्नुभएको थियो, कसरी चाहिँ राजनीतिमा उहाँहरु आउनुभयो र आइसकेपछि उहाँको एजेन्डा के छ, भिजन के छरु त्यो कुरा चाहिँ स्पष्ट हुनुहोस्। कुनै पनि एउटा चाहिँ लहरमा या हावामा चाहिँ लागेर मतदान गर्नु भन्दा तपाईँले चाहिँ केही सानो चाहिँ एउटा होमवर्क जस्तो गरेर चाहिँ गर्नुहोस्।

किनभने तपाईँको एक, एउटा मिस्टेकले किनभने ५ वर्ष तपाईँको चाहिँ लस हुन्छ। र सेकेन्ड मिस्टेकले एउटा जेनेरेसन नै तपाईँको लस हुने हुनाले एउटा चाहिँ ठूलो चाहिँ किनभने तपाईँहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ। त्यो पनि अहिलेको यो स्थितिमा चाहिँ एकदमै नाजुक स्थिति भएको हुनाले मतदाताहरु यसलाई चाहिँ म के भन्न चाहन्छु, एकदमै चाहिँ ध्यान पुर्याएर चाहिँ मतदान गर्नुहोला भन्ने म यो भन्न चाहन्छु।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5